रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ


खोटाङ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठ को निधन भएको छ । बाइकको ठक्करबाट गम्भीर घाईते बनेका ५६ वर्षिय श्रेष्ठको उपचारकोक्रममा आईतबार निधन भएको हो । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको बाईकले हालै निर्माण गरिएको सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो । तीब्र गतिमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो ।

गम्भीर घाईते भएपछि हेलीकोप्टरमार्फत न्युरो अस्पताल बासबारी पु-याइएका श्रेष्ठलाई अस्पतालले आइतबार मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रबिन चाम्लिङले बताए । श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष श्रेष्ठ जिल्लामा भ्रष्टाचार र बेथितिका बिरुद्ध निडरताका साथ खुलेर बोल्ने र बिरोध गर्ने नेताका रुपमा उनी परिचित थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमीका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । बाइक चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी