विश्व वातावरण दिवशकाे अवशरमा जुम्लाकाे तातोपानी धारा सरसफाइ

जुम्ला । विश्व वातावरण दिवशकाे अवशरमा जुम्लाकाे तातोपानी धारा सरसफाइ गरिएको छ। तातोपानी गाउँपालिका र किर्डाक नेपालकाे साझेदारीमा स्वच्छ वातावरण स्वच्छ जीवन भन्ने मुल नाराका साथ दिवश मनाउँदै सरसफाइ गरिएकाे हाे। जुम्लाकै परिचित तातोपानी धारा वरिपरि तथा जर्मी गाउँ आसपास सरसफाइ गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाईले जानकारि दिए।

तातोपानी गाउँपालिकाका कर्मचारी,नव निरेवाचित जनप्रतिनिधि,प्रहरी र स्थानीय काे बाक्लाे उपस्थितिमा सरसफाइ गरिएकाे उनले बताए । मानवीय गतिविधिले वातावरण प्रदुषित हुँदै गएकाेले समुदायलाई सरसफाइमा ध्यान दिन याे सरसफाइ अभियानले बल पुर्याउने तातोपानी ३ का वडा अध्यक्ष गाेकर्ण रावलले बताए । वातावरण प्रदुषण ले पटकपटक झाडापखाला,जुका,रुघाखोकी जस्ता प्रकाेप देखिदै आएकाेले सरसफाइ अनिवार्य रहेकाे तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चाैंलागाईले बताए। ´पलाष्टिकजन्य बस्तुकाे अधिक प्रयाेगले वातावरण बिग्रदै गएकाे छ। यसलाई समयमै राेक्न नसके खेतीयोग्य जमिनकाे उत्पादनमा ह्रास आउने तथा वाेटविरुवा समेत प्रभावित हुन्छन्।

स्वास्थ शाखा प्रमुख चाैंलागाई ले भने। तातोपानी धारामा सरसफाइ अभियानले निरन्तरता पाउने तातोपानी २ का अध्यक्ष चन्द्रमान बुढाले बताए।

तपाइको प्रतिक्रिया
(Visited 526 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा