सशस्त्र प्रहरीद्वारा १४ हजार बिरुवा वृक्षरोपण

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर आइतबार विभिन्न जातका ८१ वटा बोटबिरुवा रोपिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागिता रहेको सो वृक्षरोपण कार्यक्रममा फलफूललगायतका विभिन्न बोटबिरुवा रोपिएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरूको सहभागितामा उल्लेखित बिरुवा रोपिएको हो ।

यसैगरी, विश्व वातावरण दिवसकै अवसरमा देशभरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न इकाइमा १३ हजार ९ सय ८९ वटा फलफूललगायत विभिन्न बिरुवा रोपिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय सुनसरी मातहतका युनिटले ३ हजार १ सय २१ वटा, नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले ३ हजार ६ सय ७९ वटा, नम्बर ३ गढिमाई वाहिनी मुख्यालय मकवानपुरले ९ सय १९ वटा, नम्बर ४ मुक्तिनाथ वाहिनी मुख्यालले कास्कीले, ७ सय ४० वटा, नम्बर ५ विन्ध्यवासीनी वाहिनी मुख्यालय रुपन्देहीले ३ हजार ६ सय ३४ वटा, नम्बर ६ महेश्वरी वाहिनी मुख्यालय सुर्खेतले ४ सय ३६ वटा, नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीले ५ सय ५७ वटा तथा नम्बर ९ पशुपतिनाथ वाहिनी मुख्यालय काठमाडौले १ सय ५० वटा बोटबिरुवा रोपिएको छ ।

त्यसैगरी, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले १ सय ५० वटा, नेपाल एपीएफ अस्पतालले ८५ वटा, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराले ५० र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले १७ वटा बोटबिरुवा रोपेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

कुरी-कुरी