खुमलटार दोस्रो स्थानमा

काठमाडौं । खुमलटार युथ क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार सविन केसीको ह्याट्रिक सहयोगमा श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकाल्दै खुमलटार लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

जितसँगै खुमलटारको ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको सातदोबाटो युथ क्लबको समान ५ खेलबाटै १५ अंक छ । तेस्रो स्थानको बाँसबारीको ११ अंक छ । पराजित श्री कुमारी ५ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा छ । खुमलटारका सविन केसीले ह्याट्रिक पूरा गर्दा श्री कुमारीका विसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा सविन केसीको गोलबाट खुमलटारले अग्रता लिएको थियो । १२औं मिनेटमा श्री कुमारीका मिसन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । १५औं मिनेटमा सविनले गोल गर्दै खुमलटारलाई पुनः २–१ को अग्रता दिलाए । ४२औं मिनेटमा सविनले ह्याट्रिक पूरा गर्दा खुमलटारले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल निस्कन नसक्दा खुमलटार ३–१ ले विजयी हुन सफल भयो ।

यस्तै, अर्काे खेलमा इन्ज्युरी समयमा संगम शाहीले गोल गरेपछि हारतर्फ उन्मुख टुसाल युथ क्लबले टोखा श्री भगवती क्लबसँग अंक खोस्न सफल भएको छ । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । अन्तिम एक मिनेट सम्हालिन नसक्दा श्री भगती टोखा भने जितबाट वञ्चित बन्यो । बराबरीपछि श्री भगवती ५ खेलबाट ५ अंक जोडेर नवौं स्थानमा यथावत रहँदा टुसाल ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

खेलको नवौं मिनेटमा मोहन थापाको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । इन्ज्युरी समयमा संगम शाहीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
सोमबारै सविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको थियो ।
लिगमा मंगलबार दुई खेल हुनेछ । ब्वाइज युनियन र रानी पोखरी कर्नर टिम (आरसीटी) बीच मध्याह्न १२ः३० बजे तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब झम्सीखेल युथ क्लबबीच दिउँसो ३ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी