नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध १ लाख रुपैयाँ जरिमाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा पनि दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिइसकेको अवस्थामा गत चैतमा पक्रेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी