नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाली गीत संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ अग्रज कलाकार प्राज्ञ पुरस्कारबाट पुरस्कृत भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक समारोहबीच ६ जना अग्रज कलाकारलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले केही वर्ष यताबाट बर्सेनि आधा दर्जन अग्रज स्रष्टालाई यो पुरस्कार प्रदान गर्दैै आएको छ । सो समारोहमा यो वर्षको रंगमञ्च विधातर्फको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज नाट्यकर्मी ऋद्धिचरण श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै परम्परागत तथा शास्त्रीय संगीत विधाको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज जलतरङ वादक मोहनप्रसाद जोशीलाई प्रदान गरिएको सो समारोहमा नृत्य विधामानेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट अग्रज नृत्य निर्देशक वीणा राजभण्डारी जोशीलाई पुरस्कृत गरियो ।

समारोहमा नाट्य विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज नाट्यकर्मी मनबहादुर मुखियालाई, संगीत विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ सर्जक मोहनकृष्ण कार्की ढलीलाई र लोकसंगीत विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज लोक सर्जक अमर विरही गुरुङलाई प्रदान गरियो ।

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संगीत, नाटक तथा नृत्य क्षेत्रमा अतुलनीय योगदानको कदरस्वरूप ६ जना स्रष्टालाई पुरस्कृत गर्न पाउँदा निकै खुसी लागेको बताइन् । नेपाली नाट्य संगीत तथा नृत्य क्षेत्रलाई यहाँसम्म ल्याउनमा यी ६ जना अग्रज स्रष्टाको निकै ठूलो मेहनत रहेको भन्दै आउँदा दिनमा अझ राम्रो काम गर्न पनि उनले पुस्कृत स्रष्टालाई शुभेच्छा दिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेको छु नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व रहेको छ ।’

सो समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुखले पुरस्कृत स्रष्टा’bout प्रकाश पारेका थिए । समारोहलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधि’bout कार्यक्रममा जानकारी गराए । कोरोनाको महामारीका कारण दुई वर्ष प्रतिष्ठानले सोचअनुसारको काम गर्न नसके पनि पछिल्लो समय प्रतिष्ठान सक्रिय भएको उनले जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी