मानवअधिकार पत्रकार संघद्वारा ६ जना पुरस्कृत

पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा), गण्डकीले विभिन्न ६ व्यक्तिलाई पुरस्कृत गरेको छ ।  संस्थाको १० औं वर्ष अवसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले लमजुङकी ८१ वर्षीया सानुमाया गुरुङलाई १५ हजार १५ नगदसहित यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार प्रदान गरे ।

यसैगरी, संस्थाले ११ हजार १ सय ११ राशिको बालअधिकार पुरस्कार पोखरा–१९ की १८ वर्षिया एलिना श्रेष्ठ, हुर्जा समाजसेवा पुरस्कार पोखरा–१९ का चन्द्रबहादुर गुरुङ, हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कार मादी–४ का श्रीकान्त सापकोटालाई प्रदान गरेको छ । उनीहरुलाई ११ हजार १ सय ११ नगदसहित सम्मान गरियो ।
उता, हुर्जा संस्थागत सम्मान सयपत्री समाज निर्देशक गिरिधारी सुवेदी र हुर्जा सहयात्रा संरक्षक सम्मान यशकुमारी जिसी स्मृति कोषका संस्थापक संरक्षक सीताकुमारी जिसीलाई प्रदान गरियो ।

कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश नि. निर्देशक नीतु गर्ताैला, प्रतिभा छनौट समिति संयोजक पत्रकार कृष्णप्रसाद बास्तोला, पत्रकार नवीन सिग्देल, संस्थाका अध्यक्ष राजेश पराजुली, महासचिव वीरेन्द्र सापकोटा लायतले बोलेका थिए । संस्थाको चौथो अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समिति उपाध्यक्ष वीरेन्द्र सापकोटा, महासचिव सुशील श्रेष्ठ, कोषाध्यक्ष सविन जिसी र सदस्य सत्यता ख्वाउजु र अशोक पौडेल छन् ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी