एक सातादेखी हराएका बालकको शब भेटियो

जनकपुरधाम । जनकपुरधाममा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् ।

जेठ १७ गतेदेखि हराइरहेका सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा टेन्टमा बस्दै आएका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही मृत अवस्थामा फेला परेका हुन् ।

बालक बरहीको शव जनकपुरधाम उपमहानगरपालिका–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ को सिमानामा पर्ने वसविट्टीस्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिएका । हराएकै दिन कसैले उनको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

सर्लाहीको कविलासी नगरपालिका–७ घर भएका घुमन्ते समुदायका बालक बरहीको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएका थिए ।

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारका सदस्यले बलवा प्रहरीमा जानकारी गराउँदै खोजबिनका लागि आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं