रौतहटमा झोले विद्यालय : बा अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी शिक्षिका


रौतहट । रौतहटको गौर नगरपालिकामा बिगत १५ बर्ष देखी झोले बिद्यालय संचालनमा आएको भेटिएको छ । गौर नगरपालिकाको वडा नं. ६ टिकुलियामा रहेको उक्त बिद्यालयमा बुबा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी राहत शिक्षिका, भाउजु बाल शिक्षिका र आफु कार्यालय सहयोगी भएर संचालन गदै आएको झोले विद्यालय भेटिएको हो ।

श्री प्राथामिक बिद्यालय टिकुलिया नाम रहेको सो बिद्यालय विगत १५ बर्ष देखि संचालनमा रहेको छ जसमा एउटै परिवारका अध्यक्ष देखी देखि लिएर कार्यालय सहयोगी सम्म रहेर निर्धक्क संग झोले विद्यालय संचालन गर्दै आएका हुन् ।

२०६३ सालमा स्थापना भएको उक्त झोले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा उनका बुहारी साबित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्याय सहयोगीमा छोरा अशोक यादव रहेको छन् ।

कार्यालय सहयोगी अशोक यादव प्रअ सावित्रीको श्रीमान हुन् । विगत १५ बर्ष देखि पारिवारिक विद्यालयको रुपमा स्थापना गरेर नेपाल सरकारबाट पाउने सेवा सुविधाहरु उपभोग गर्दै आएका छन् । शिशु कक्षा देखि लिएर ६ सम्मको अध्यापन गर्न मिल्ने उक्त झोले विद्यालयको ’boutमा जानकारी पाउना साथ नवनिर्वाचित मेयर शम्भु साह सहितको टोली उक्त विद्यालयमा पुगेर स्थलगत रुपमा अनुगमन गर्दा शिशु देखि ६ सम्मका २४ जना विद्यार्थीहरु एउटै कक्षामा राखेर अध्यापन गराइरहेको भेटिएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षदेखी लिएर सम्पुर्ण शिक्षक तथा कर्मचारी एउटै परिवारको भेटिएपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह अहिले अन्य बिद्यालयको पनि नियमित अनुगमन गरिरहेका छन् ।

उक्त झोले विद्यालय विरुद्ध गौर नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाएको नगर प्रमुख साहले प्रतिक्रिया दिएका छन ।
विद्यालयमा कति जना विद्यार्थीहरु अध्ययन गरिरहेको छन् सोको रेकर्ड, एकै परिवारका सबै व्यक्तिहरु शिक्षकदेखि कार्यालय सहयोगीसम्म के कति कारणले राखिएको, विद्यालयको अवस्थामा किन सुधार आएन, यत्रो लामो समय देखि संचालनमा रहदा त्यहाँ समुचित रुपमा खानेपानी र शौचालयको सुविधा किन नरहेको भन्दै प्रधानाध्यपक सावित्री संग नगरपालिकाबाट स्पष्टिकरण सोधिएको जानकारी दिदै मेयर साहले सात दिन भन्दा बढि समय वितिसक्दा पनि जवाफ नदिएको बताए ।

मेयर साहका अनुसार व्यक्तिगत रुपमा २ कठा जग्गा दिएर विद्यालय स्थापना गराउन सफल भएको र राजनीतिक पहुँचको आधारमा व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवले आफनै घरका सवै सदस्यहरुलाई राखेर सरकारी रकमको चरम दुरुपयोग गर्दै आएको पाइएको छ ।

विद्यार्थी संख्या नभएका विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा मर्ज गर्नुपर्ने भएतापनि राजनीतिक संरक्षणमा कार्यकर्ताहरुलाई शिक्षिका, कार्यालय सहयोगीको आडमा सरकारी रकमको दुरुपयोग गरिएकोमा नगरपालिकाबाट आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको नगर प्रमुख साहले बताए ।

त्यसमा कार्यरत रहेका महिलाहरुलाई सामान्य कुराको जानकारी नभएको, शिक्षण सिकाईको अभाव देखिएको, विद्यार्थी संख्या चरम अभाव रहेको र घरायसी विद्यालयको रुपमा परिणत गराएर नगरपालिकाबाट ठूलो आर्थिक अनुदान विगतका दिनहरुमा पाउदै आएकोमा आश्चर्य व्यक्त गर्दै त्यस्ता झोले विद्यालयहरु विरुद्ध कार्वाही गर्ने नगर प्रमुख साहले बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी