जुम्ला । सामाजिक विभेद हटाउनकाे लागि जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर १ मा पारिवारिक संवादकाे थालनी गरिएकाे छ। किर्डाक नेपालकाे भकारी कार्यक्रम अन्तर्गत तीन दिने पारिवारिक संवाद गरिएकाे हाे। परिवारबाटै विभेद र हिंसा हुने भएकाेले याे संवादकाे थालनी गरिएकाे भकारी परियाेजनाका जेसी अफिसर नर बहादुर शाहिले बताएका छन्।
१० वटा जाेडिलाई राखेर विभेद हुनुका कारण र समाधानका उपाय विषयमा छलफल भएकाे उनले बताए । ´याे संवाद नमुनाकाे रुपमा सुरुवात भएकाे छ, प्रत्येक महिनामा तालिम लिएका परिवार काे घरमा गएर हिंसा र विभेदकाे अवश्था बुझ्छाैं, संवादले महिलाहरु हिंसा र विभेदका कारण बाे खुलेर बाेल्ने अवसर पाएका छन् ।’ उनले भने। ‘एक महिनामा निरन्तर परिवार अनुगमन गर्छाैं। ‘
विगतमा परिवारमा कामकाज देखि आर्थिक क्षेत्रमा पुरुषकाे एकल निर्णयले विवाद र झैझगडा निम्तिने गरेकाे भएपनि संवादले पुरुषलाई सचेत बनाएकाे सहभागी बेलकाेशा विकले बताइन । लैंगिक विभेदमा आधारित व्यवहार र हिंसा विषयमा बुझ्न याे संवाद महत्त्वपूर्ण भएकाे युवा सहभागी लक्ष्मण बुढाले बताए । ‘घरकाे कार्यबाेझले पनि महिला पिडामा रहेकाे थाहा पाइयाे, अब सबैलाई सुसूचित बनाउने प्रयास गरिने छ।’ अर्का सहभागी बल बहादुर बुढाले भने।