रौतहट । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु आफनो नियमित काम छोडेर आन्दोलित भएका छन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ सम्बन्धीत खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
१८ महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रनु परेको कर्मचारीहरुले बताए ।
जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक–पटक आवाज उठाउँदा समेत सुनवाई नभएकाले समस्या समाधानको लागि आन्दोलन गर्नुपरेको बताएका छन् ।
वन कार्यालयमा कार्यरत १ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टी गरिएको झण्डै ६० लाख रुपियाँ दाखिला नगरी अपचलन गरेको भन्दै उनीहरू कार्यालयको कामकारबाही छाडेर आन्दोलित भएका हुन् ।
कार्यालयको मुख्य गेटमा ताला लगाएर उनीहरूले आन्दोलन गरेका हुन् । कर्मचारीले पाउनुपर्ने सेवा सुबिधा गैरजिम्मेवार भएर बञ्चित गरिएको भन्दै उनीहरूले जबसम्म उक्त रकम दाखिला हुँदैन, तबसम्म काममा नफर्किने जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले बताएका छन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायत १ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टा गरिएको झण्डै ६० लाख रुपियाँ दाखिला नगरी अपचलन गरेको कर्मचारीहरुको दाबी छ ।
आन्दोलनको कारण डिभिजन वन कार्यालय मातहतका वन गस्तिदेखि प्रशासनिक कार्यसमेत अवरुद्ध भएको छ । कार्यालयमा पुगेका सेवाग्राहीले सेवा पाउनबाट समेत बञ्चित भएका छन् ।
वन अधिकृत विमल ठाकुरका अनुसार कर्मचारीको पाउनुपर्ने सेवा सुविधा डिभिजन वन प्रमुखलाई अवगत गराउँदा समेत बेवास्ता गरेका कारण आन्दोलित भएको बताए ।
यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेब यादबले आफनो भन्दा अघिल्लो कार्यालय प्रमुखको पाला देखी यो समस्या रहदै आएको बताएका छन । हालका वन प्रमुख यादब भन्दा अगाडी बिनोद सिह कार्यालय प्रमुख थिए । पहिलेका लेखापाल निला बहादुर रायमाझीले कर्मचारीको संचय कोष लगायतका पैसाहरु जम्मा नगरिदिदा यो समस्या आएका डिभिजन प्रमुख यादबले बताए ।
अहिले सो कार्यालयमा लेखा अधिकृतको रुपमा सुदिप गौतम आएका छन । यो समस्या चाडो भन्दा चाडो समाधान गर्ने वन प्रमुख यादबले बताएका छन ।