प्रताप दास र एलिना उत्कृष्ट गायक गायिका

काठमाडौं । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ ।

यसपटक आधुनिक गीत यसपटक प्रताप दाश र एलिना चौहान उत्कृष्ट गायक गायिका भएका छन् । प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुमेका हुन् । आधुनिक संगीतकारको अवार्ड बिनोद केसीले हाँसिल गरे । ग्रेट नटराज फिल्मस्ले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट भईन ।

आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराईलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले, म्युजिक भिठियो छायाँकारको अवार्ड नवराज उप्रेतीले प्राप्त गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले हाँसिल गरे ।

आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला (कक्रोच)ले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले पाए ।

भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, पुरुष मोडलको अवार्ड हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले प्राप्त गरे । मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गरे ।

उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले, उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड मोहन लामाले र महिला मेक अप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गरे ।

यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले, पुरुष मोडलको अवार्ड सुनिल गुरुङले, उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले, उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले हाँसिल गरे ।

लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खड्काले, गायिकाको अवार्ड अँधेरीमा गीतबाट टिका पुनले उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, नव गायकको अवार्ड प्रवीण सापकोटाले पाए ।

लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय (नव)को अवार्ड जिते । उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाए ।

लोक दोहोरी भिडियो मै नृत्य तर्फ पुरुष मोडको अवार्ड शंकर बीसीले चुमे । यही विधामा ओबी रायमाझी रम रम मरौटीबाट पपुलर मोडल भए । महिला मोडलको अवार्ड मन परेको गीतबाट अञ्जली अधिकारीले हाँसिल गरिन् ।

लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले र पपुलर मोडलको अवार्ड निक शर्माले पाए । अभिनय तर्फ उत्कृष्ट महिला मोडल टिका जैसी, नयाँ मोडल पुरुष पदम बहादुर राना मगर, नव मोडल महिला शर्मिला पुन मगर भए । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित भए ।

यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड माधव श्रेष्ठले, छायाँकारको अवार्ड विजय लामाले, सम्पादकको अवार्ड राजकुमार मगरले प्राप्त गरे । प्रोडक्सनको अवार्ड तेजेन्द्र दुराले, उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाए । मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले पाईन् ।

गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारती कार्यक्रममा सम्मानित भए । यस्तै नृत्य कलाकार विशाल स्याङजाली, कलाकार मधुर बस्नेत, सामाजिक अभियान्ता डिल्ली अधिकारी पनि कार्यक्रममा सम्मानित भए । अशोक विकको अध्यतामा ग्रेट नटराज फिल्म्स प्रा.लिले यो अवार्ड आयोजना गरेको हो । कार्यक्रममा विभिन्न कलाकारले गीत तथा प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य