रोल्पामा माटोको ढिस्कोले पुरिएर दुई दाजुभाइको मृत्यु


तुलसीपुर । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका– ५ दाउन्ने निबासी प्रकाश खड्काका छोरा ६ बर्षका डेविट खड्का र २ बर्षका इशान खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

घर नजिकै जेसीवीले बनाउँदै गरेको बाटो हेर्न गएका दुई दाजुभाईलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको थियो । घटनाका विषयमा बिहान साढे नौबजे जानकारी पाएको प्रहरी टोलिले उद्धार गर्ने क्रममा मृत फेला पारेको डिएसपी घिमिरेले बताए । जेसिबीले नयाँ बाटो कटिङ गर्दै गर्दा दुई दाजुभाइ हेर्न गएका थिए । घटना स्थल घरदेखि करिब डेढसय मिटरको दुरीमा पर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता