कैलाली जिसस चुनाव : मोहन्यालका अध्यक्षले मतदान गर्न नउपाउने


धनगढी । भोलि सोमबार हुने कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायले मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी कसुरमा मुद्धा चलाएको अवस्थामा उनको पद स्वतः निलम्वनमा रहेकोले उनले कुनै अधिकार प्रयोग गर्न नपाउने ठहर गरेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशन पत्र पठाउदै उपाध्याय स्वतः निलम्वनको अवस्थामा रहेकोले कुनै अधिकार प्रयोग गर्न नलिन भनेको छ ।

अध्यक्ष उपाध्याय विरुद्ध ०७४ को चुनावबाट वडाअध्यक्ष भएपछि भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियारमा मुद्धा चलाइएको छ । मुद्धा चलेकै अवस्थामा चुनाव लडेर उनी निर्वाचित भएका छन् ।

के होला जिससको चुनाव ?

कैलाली जिससका प्रमुख/उपप्रमुख र सदस्य गरेर नौ पदमा सोमबार चुनाव हुने कार्यक्रम छ । सो मतदानमा कैलालीका १३ पालिकाका प्रमुख÷उपप्रमुख गरेर २६ मतदाता छन् । उपाध्यायले मतदान गर्न नपाउने भएपछि अव २५ जना मतदाता छन् ।

माओवादीका उपाध्यायले मतदान गर्न नपाएपछि अव काँग्रेस, माओवादी र समाजवादी सहितको सत्तारुढ गठवन्धनसित १२ मत छन् । यस्तै एमाले र नागरिक उन्मुक्ती पार्टीसंग पनि १२ मत छ ।

दुई पक्षको मत बराबर भएको अवस्थामा धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल निर्णायक बनेका छन् । काँग्रेसले हमालेले आफ्नो पक्षलाई मतदान गर्ने विश्वास गरेको छ । तर हमालले मतदान नगर्ने बताइरहेको उनी निकटको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने