कोरोनाविरुद्ध सार्क ऐक्यबद्धता

गत डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरस ‘कोभिड –१९’ को त्रास झ्नझन् बढ्दो छ । आइतबार साँझसम्म १ सय ४१ मुलुक कोरोना संक्रमणमा परिसकेका छन् । १ लाख ५२ हजार ४ सय २८ जनामा संक्रमण देखिएको छ । यस अवधिमा विश्वका विभिन्न मुलुकमा ५ हजार ७ सय २० जनाले ज्यान गुमाइसकेका छन् जसमध्ये ३ हजार बढी चीनका छन् । झन्डै ७६ हजार उपचारपछि घर फर्के पनि यसको संक्रमणको फैलावट रोकिएको छैन । कोरोना भाइरसका कारण हाल अमेरिका, फ्रान्स, स्पेन, भारतलगायत मुलुकले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् भने विश्व स्वास्थ्य संगठनले यसलाई महामारी भनेको र स्वास्थ्य संकटकाल घोषणा गरेको छ । विश्वकै आर्थिक गतिविधि र आपूर्ति व्यवस्थासमेत प्रभावित भइरहेको यस त्रासबाट दक्षिण एसियाली मुलुक पनि अछुतो छैनन् ।

यसैलाई लिएर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’का सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुख तथा विशिष्ट प्रतिनिधिबीच चैत २ गते ‘भिडियो कन्फ्रेन्स’ सम्पन्न भएको छ । उक्त ‘भिडियो कन्फ्रेन्स’मा सहभागी नेताले प्रत्यक्ष प्रस्तुत भएर कोरोना भाइरसको प्रभाव नियन्त्रण गर्न अपाउनुपर्ने रणनीति तथा आगामी पहल’boutमा छलफल गरेका छन् । स्मरणीय छ, सार्क सदस्य राष्ट्रमध्ये भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका, बंगालदेश, नेपाल र भुटानमा संक्रमित भेटिइसकेका छन् ।

‘भिडियो कन्फ्रेन्स’मा सार्कका सदस्य मुलुकले कोरोनाविरुद्ध अपनाइएका सावधानी र वर्तमान अवस्था’bout आफ्ना धारणा साटासाट मात्र गरेनन् लिनुपर्ने नयाँ बाटो र कोरोनाविरुद्ध लामो समय एकढिक्का हुने उपाय’bout समेत छलफल गरे । भिडियो सम्मेलनले यस क्षेत्रका लागि छुट्टै रणनीति निर्माणको ढोका खोलेको छ । भिडियो सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलेह, बंगलादेशका प्रधानमन्त्री सेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोट्टी छिरिङ र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जा सहभागी भएका थिए । स्मरणीय छ, यो छलफलको प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका थिए र उनको यो अग्रसरताको सबैतिरबाट प्रशंसा भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले गत शुक्रबार ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्र नेतृत्वसमक्ष साझा पहलका लागि आग्रह गरेका थिए । उनको सो आग्रहप्रति पकिस्तान बाहेकका अन्य ६ सदस्य राष्ट्रले तत्कालै प्रतिक्रिया जनाएका थिए । पाकिस्तानले पनि ढिलो गरी भिडियो कन्फ्रेन्सिङमा सहभागी हुने सहमति जनाएको थियो । मोदीले आफ्नो ट्वीटमा विश्व कोभिड–१९ नोबेल कोरोना भाइरससंग संघर्ष गरिरहेको, सरकार र नागरिकले विभिन्न स्तरमा यसबाट जोगिन सक्दो कोसिस गरिरहेको भन्दै, दक्षिण एसिया जहाँ विश्व जनसंख्याको ठूलो हिस्सा रहन्छ, त्यस क्षेत्रमा बसोबास गर्ने मानिसलाई सुरक्षित राख्न संगठनले कुनै कसर बाँकी राख्नु नहुने धारणा राखेका थिए । उनले आफ्नो ट्वीटमा सार्कका सदस्य राष्ट्रको नेतृत्वले कोरोना भाइरससँग लड्न सशक्त रणनीति बनाउनुपर्ने भन्दै भिडियो कन्फ्रेन्सिङमार्फत यस क्षेत्रका नागरिकलाई स्वस्थ राख्ने तरिकाका विषयमा छलफल गर्न सकिने धारणा राखेका थिए । यसरी एक भएर विश्वलाई उदाहरण प्रस्तुत गर्न तथा धरतीलाई स्वस्थ बनाउन योगदान गर्न सक्छौं भन्ने पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ थियो ।

सार्क मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुखसहित सरकारका प्रतिनिधिसहित भएको भिडियो सम्मेलनले कोरोना भाइरससँग लड्न छुट्टै रणनीतिको खाका कारेको छ । छलफल क्रममा एकातिर आफ्नो समस्या आफै समाधान गर्न हरेक देशका नेतृत्व सक्रिय रहेका र रहनुपर्ने जनाइयो भने अर्कोतिर भारतले तत्काल उपयोगका लागि आपतकालीन कोष खडा गर्ने प्रस्ताव नै ग¥यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्दै सदस्य राष्ट्रलाई स्वेच्छिक रूपमा कोषका लागि रकम घोषणा गर्न सुझाएका थिए । उनले यस कोषमा रहेको रकम यस क्षेत्रको साझा हितमा प्रयोग गरिने पनि बताए । कोषसञ्चालनको कार्यविधिपछि तयार हुने जनाइएको छ । सम्मेलनमा आगामी दिनमा समेत मन्त्री स्तरीय तथा स्वास्थ्य निकाय स्तरीय छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ सन् १९८५को डिसेम्बरमा औपचारिक स्वरूप लिएको क्षेत्रीय सहयोग संगठन हो । मूलतः नेपाल तथा बंगलादेशका तत्कालीन राष्ट्रप्रमुखबीच पारस्परिक सहयोगका विषयमा भएको सहमतिपश्चात् यस क्षेत्रकै साझा हतिमा काम गर्ने संगठनको आवश्यकता महसुस गरी यसको स्थापना भएको हो । नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरी सात संस्थापक सदस्य रहेको यस संगठनमा अफगानिस्तानले सन् २००५ मा प्रवेश गरेपछि यसको सदस्य संख्या आठ पुगेको थियो । हालसम्म १८ वटा शिखर सम्मेलन सम्पन्न भइसकेको यस संगठनको नोभेम्बर ९–१०, २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना हुने तय भएको १९औं शिखर सम्मेलन भने हालसम्म हुन सकेको छैन । स्थगित भएको तीन वर्ष नाघिसके पनि हालसम्म सो सम्मेलनको अर्को मिति तय हुन सकेको छैन । स्मरणीय छ, अर्को सम्मेलन नभएकै कारण सन् २०१४को १८औं शिखर सम्मेलन आयोजक नेपाल नै हालसम्म सार्कको अध्यक्ष रहेको छ ।

क्षेत्रीय शान्तिले विश्वलाई उदाहरण दिन सक्छ भने क्षेत्रीय मैत्रीभाव एवं पारस्परिक सम्बन्धले विश्वका अन्य संगठनलाई साझा हितका लागि अघि बढ्न प्रेरित गर्छ

कुनै एक सदस्य राष्ट्रले सहभागी हुन असमर्थता जनाएमा मात्र पनि शिखर सम्मेलन स्थगित हुने प्रावधान रहेको कारण विगतमा पनि बेलाबेलामा शिखर सम्मेलन स्थगित नभएका होइनन् । तर, १९औं शिखर सम्मेलनको हकमा भारत–पाकिस्तान सम्बन्धमा आएको कटुताको कारण भारतले सम्मेलनमा सहभागी हुन असमर्थता जनाएको र उसकै पछिपछि अन्य केही सदस्य राष्ट्रले समेत सम्मेलनमा सहभागिता नजनाउने जानकारी गराएका कारण शिखर सम्मेलन स्थगित भएको थियो ।

सार्क स्थापनाको उद्देश्य यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सामूहिक प्रयास गर्ने, सदस्य मुलुकको सामूहिक अस्तित्व सुदृढ बनाउने, पारस्परिक विश्वास, समझदारी र सहयोगको भावनामा अभिवृद्धि गर्ने, आर्थिक सामाजिक, सांस्कृतिक प्राविधिक र वैज्ञानिक क्षेत्रमा सहकार्य गर्ने, अन्य विकासोन्मुख मुलुकस“गको सम्बन्ध सुदृढ बनाउने तथा यस्तै उद्देश्यका साथ स्थापित अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनस“ग सहकार्य गर्दै यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने हुन् । यसका लागि कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, जनसंख्या, बालकल्याण, ग्रामीण विकास, पर्यटन, यातायात, प्रविधिलगायत सहयोगका विभिन्न क्षेत्र तोकिएका छन् । सहयोगका विभिन्न क्षेत्रको पहिचान र विभिन्न केन्द्रको स्थापना गरिएको छ । समयसमयमा आयोजना हुने शिखर सम्मेलनमा यिनै विषयमा छलफल गर्ने र संगठनलाई नया“ गति दिने प्रतिबद्धता पनि दोहो¥याउने गरिएको छ ।

सार्क विविधतायुक्त भौगोलिक बनोट तथा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले सम्पन्न मुलुकको संगठन हो । भूपरिवेष्ठित नेपाल, भुटान र अफगानिस्तान तथा जलपरिवेष्ठित र टापु मुलुक श्रीलंका र माल्दिभ्सलगायत मुलुक सदस्य रहेको प्रचुर सम्भावनाको क्षेत्र भएर पनि अपेक्षित रूपमा समृद्ध हुन नसकेको क्षेत्र पनि हो । गरिबी र आतंकवाद यस क्षेत्रका साझा समस्या हुन् । विश्वको एक चौथाइ जनसंख्या ओगटेको यस क्षेत्रमा रहेका समस्याविरुद्ध एकजुट भएर लाग्ने प्रतिबद्धता जनाइए पनि सोअनुरूपका प्रतिबद्धता साकार हुन सकेका छैनन् । यसैकारण संगठनको उद्देश्य तथा शिखर सम्मेलनमा जनाइने प्रतिबद्धताको अपेक्षित प्रभावकारिता देखिन सकेको छैन ।

सार्क स्थापनाको तीन दशक पुगी सक्दा पनि यस संगठनमा आबद्ध मुलुकले साझा समस्याबाट मुक्ति पाउन सकिरहेका छैनन् । यस क्षेत्रको साझा समस्याका रूपमा रहेका आतंकवाद र गरिबीविरुद्ध एक भई लड्ने प्रतिबद्धता जनाइँदै आए पनि यो क्षेत्र आतंकको मारमा परिरहेकै छ । गरिबीको अवस्थामा वाञ्छित सुधार आउन सकेको छैन । क्षेत्रीय व्यापारसम्बन्धी सम्झौता साफ्टाको प्रभावकारिता देखिन सकेको छैन । यस क्षेत्रका प्रायः सबै मुलुक राजनीतिक अस्थिरताको सिकार छन् । राजनीतिक अस्थिरतामा शान्ति सम्भव नहुने र शान्तिबिना समृद्धि सम्भव नहुने सन्दर्भमा यो पनि यस क्षेत्रका मुलुकको साझा समस्या रह“दै आएको छ । राजनीतिक स्थायित्व तथा लोकतान्त्रिक शासन व्यवस्थामा मात्र नागरिकको अधिकार सुरक्षित हुनुको साथै मुलुकको उन्नति, प्रगति सम्भव हुने सन्दर्भमा लोकतन्त्रको सुदृढीकरण र शान्ति स्थापनाका लागि यस क्षेत्रका मुलुकको प्रतिबद्धता र साझा प्रयास अपरिहार्य छ ।

सार्कको बडापत्रमा सार्क सम्मेलनमा सदस्य मुलुकबीचका द्विपक्षीय मुद्दा उठाउन नपाइने व्यवस्था रहेको छ । यस संगठनका ठूला र शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीच कटु सम्बन्धका कारण बेलाबखत सार्क प्रभावित हुने गरेको छ । १९औं शिखर सम्मेलन पनि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै कारण स्थगित भएको हो । यतिखेर भने कोरोना भाइरस कोभिड–१९ का कारण सार्क चर्चामा आएको छ । कोभिड–१९ कोरोना भाइरसविरुद्ध क्षेत्रीय स्तरमा एक भई लड्ने प्रस्ताव र सोहीअनुसार मार्च १५मा भएको भिडिओ कन्फरेन्सले सार्कलाई पुनः एकपटक चर्चामा ल्याएको छ । कुनै क्षेत्रीय संगठनले एउटा महामारीका विरुद्ध गरेको सम्भवतः यो नै विश्वमै प्रथम पहल हो ।

समय र परिस्थितिले कतिपय अवस्थामा शत्रुहरूलाई पनि एकैठाउँ उभिन बाध्य पारिदिन्छ । यतिखेर शताब्दीकै ठूलो स्वास्थ्य संकट कोरोना नियन्त्रण प्रयासमा विश्व समुदाय जुटने क्रम जारी छ । कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी भारत र पाकिस्तान जसका कारण सार्क संगठन अलपत्र रहेको छ । ती समेतलाई कोरोनाले संगै ल्याएको छ । यतिखेर मानवताको कारण सार्कमा यस्तै स्थिति उत्पन्न भएको छ । भारत र पाकिस्तानलाई नजिक ल्याउँदै संकटमा परेको सार्कलाई सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसो हुन सके यस क्षेत्रकै लागि यो अत्यन्त खुसीको विषय हुनेछ । सार्कको १८औं शिखर सम्मेलन पछिको यो नै पहिलो सामूहिक वार्ता हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ विरुद्ध को लडाइँमा दक्षिण एसियाली मुलुक एकजुट भएका छन् । आइतबार साँझ भएको भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धता विश्वकै लागि नमुना उदाहरण बनेको छ । यसले अलमलमा परेको सार्कले गति लिने र हुन नसकेको सार्क शिखर सम्मेलनसमेत सम्भव हुने आशा जगाएको छ । भिडियो सम्मेलनले विश्वलाई सार्क संकटको बेला एकजुट हुने क्षमता राख्छ भन्ने सन्देश चाहिँ पक्कै दिएको छ । यो सन्देश सार्थक हुन सकोस् भन्ने कामना गर्नु पनि उचित नै हुनेछ ।

अन्त्यमा, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क यतिखेर पुनः एकपटक चर्चामा आएको छ । यसको कारण हो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोरोना भाइरस ‘कोभिड –१९’ विरुद्ध मिलेर लड्ने प्रस्ताव । यसपछि भारतकै कारण शिथिल भएको सार्क भारतकै पहलमा सक्रिय हुने सम्भावना बढेको छ । विश्वकै एक उदीयमान शक्ति भारत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सबैभन्दा ठूलो र शक्तिशाली राष्ट्र हो । यसकारण पनि विश्वलाई नै चिन्तित तथा त्रसित बनाएको ‘कोभिड –१९’ को सन्दर्भमा उसको यो अगुवाइ राम्रो र स्वाभाविक हो । यति मात्र होइन यो भारतको जिम्मेवार भूमिका निर्वाह गर्ने चाहना र परिपक्वता हो । भारतको यो पहल अत्यन्त राम्रो र स्वागतयोग्य हो । छिमेकसँगको सम्बन्ध सुधारको हकमा समेत भारले यसैगरी नै जिम्मेवार भूमिका खेल्नुपर्छ । क्षेत्रीय शान्तिले विश्वलाई नै उदाहरण दिन सक्छ भने क्षेत्रीय मैत्रीभाव एवं पारस्परिकतामा आधारित सम्बन्धले विश्वका यस्तै प्रकृतिका अन्य संगठनलाई पनि मित्रतापूर्ण ढंगमा साझा हितका लागि अघि बढ्न प्रेरित गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने