अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


धनगढी । धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले विद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् ।

विद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२ का स्थानीय विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको कार्यकक्षमा धर्ना दिन पुगेका हुन् ।

सोमबार धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरूले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेको क्लबका अध्यक्ष डबल थापाले जानकारी दिए ।

उनीहरूले पहलमानपुर, पवेरा, हसुलिया ग्रिडको लाइन हटाएर धनगढीबाट लाइन जडान गर्नुपर्ने, नियमित विजुली हुनुपर्ने, वडामा आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेको अध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयले आफूहरूका माग तत्काल पूरा नभए संघर्षका थप कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्