राज्य दोहन र दुर्गन्धित काठमाडौं

देशमा नीति छैन, राज मात्रै छ, आफ्नालाई राज्यमा राज गराउने र त्यसलाई दोहन गर्ने नीति मात्रै छ, त्यसैले सबैतिर फोहोर छ, फोहोरी खेल छ, त्यसैभित्र राजनीति छ । प्रदूषित राजनीतिभित्रको प्रदूषणको नालीबेली गर्ने यो लेखको आशय रहेको छ । काठमाडौं फोहोरको आहालमा छ, सर्वत्र दुर्गन्ध छ, चुनावको एक महिनाअघिदेखि नउठेको फोहोर चुनाव सकिएको एक महिनापछि पनि उठेको छैन । यो पंक्ति तयार गर्र्नुअघि सहरकोे धेरै क्षेत्र परिक्रमा गर्दै नाक छोप्दै सास फेर्न नसकेको अवस्थामा आलेख तयार भएको हो । अहिले सहरी विकासमन्त्री, बालुवाटार र बालेनको सक्रियतामा केही हदसम्म ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न दिइने भएको छ, र पनि एकाएक त्यहाँ फोहोर पुग्ने र काठमाडौं सुगन्धित भइहाल्ने भने होइन ।

एक साताअघि बन्चरे डाँडा, सिस्डोलक्षेत्र सम्बद्ध स्थानीय जनप्रतिनिधिबीच सम्बद्ध निकायको सहमतिमा विभिन्न निर्णय गर्दै फोहोर फाल्न अब अवरोध नगर्ने भनिएकोमा त्यो निर्णय, त्यसको कार्यान्वयन भएन, प्रहरी हस्तक्षेप, मुठभेड, फोहोर लिएर गएका सवारी साधन फर्किए । नयाँ जोससहित आएका कामाडौंका मेयर बालेनको टिमलाई हतोत्साहित बनाइयो, भनौं सधैं भैंm फोहोरमा राजनीति गरियो । जनताले बुझेका छन् देशमा राजनीति नमिसिएको कुनै क्षेत्र छैन । रासायनिक मलमा राजनीति गर्नाले कृषि क्षेत्रमा देश पराधीन छ, व्यापारघाटा चुलिएको छ र औद्योगिक क्षेत्रमा राजनीति हुनाले देश आयातमुखी छ, आप्mनो उत्पादन नहुनाले चरम महँगीको चपेटामा छ । मेलम्चीमा राजनीति हुनाले चुनावताका मेलम्ची उठे जस्तो गर्छ, अरुबेला सुतिहाल्छ । रोजगारीमा राजनीति भएकाले देशका सक्षम जमात बिदेसिएका छन् ।

रासायनिक मलमा राजनीति, कृषिक्षेत्रमा पराधीनता, व्यापारघाटा, बन्द औद्योगिक क्षेत्र र आयातमुखी व्यापारले देश र जनतालाई आहत बनाएको छ

देशको राजनीति सेवामुखी छैन, व्यापारमुखी भनौं नाफामुखी छ, चुनावको जोड घटाउ, खर्च आम्दानी र नाफा जोड्दा जनता भने घाटामा परेका छन् जनप्रतिनिधि उपदान लिन्छन् या पेन्सन, सरकारी गाडी, चालक, इन्धन, मोबिल, मर्मत खर्च मात्रै होइन, दैनिक भ्रमण भत्ता पनि बुभ्mछन्, बैठक भत्ता, सञ्चय कोषको थप रकमसमेत लिन्छन्, करोडौं खर्च भएको छ देशको । घर छ तिनको, आवास भत्ता लिन्छन्, घर भाडा बुभ्mछन्, बिजुली, पानी, पत्रपत्रिका, टेलिफोन, इन्टरनेट खर्च, चाडपर्व खर्च, पोसाक, उपचार खर्च एक आयोग बराबर एक मन्त्रालयको खर्च हुन्छ । आयोग दलको भर्तीकेन्द्रका लागि खुलेका छन्, विषयगत कामका लागि होइन । राज्य कोषबाट दोहन हुन्छ, पदाधिकारी पूर्ति नहुँदा पनि प्रशासनिक भनौं चालू खर्च कम छैन, स्वदेश–विदेश शयर कामको नाममा माखो मारेको हुन्न । संवैधानिक आयोगको औचित्य पुष्टि भएको छैन, चिल्ला र नयाँ गाडी, कसैलाई कार्पेट, शौचालय, महँगा हेलिकोप्टरले सजाइएका छन् र गरिबको खुन पसिनामा दलका आसेपासेहरू रवाफ देखाउँदैछन्, जनता करले निचोरिँदा पनि सरकारले आउने वर्ष अझ करको दायरा बढाई १२ खर्ब रकम यसबाट उठाउने लक्ष्य लिएको छ । बजेटको आकारभन्दा ठूलो व्यापारघाटा छ, वैदेशिक ऋणको भार देशले थेग्न नसक्ने भइसकेको छ ।

बेलायतमा कोरोना समयमा प्रधानामन्त्रीले मापदण्ड पालना नगरेका कारण संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपरेको छ, यहाँ अविश्वासको प्रस्ताव कसैलाई काम गर्न नदिन र कसैलाई तर्साउनका लागि ल्याइन्छ र कोरोना कालमा जनता घरभित्र थुनिए, नेता, कार्यकर्ताको सडकमा ओइरो लाग्यो, मापदण्ड ठूलालाई लागेन, किसानलाई लाग्यो, मजदुरलाई लाग्यो, मर्ने पनि अधिकांश यस्तै वर्गका मरे, माउ नीति राजनीति बोक्नेलाई खासै केही भएको देखिएन । दलले बेकेको देश दलबाट स्वतन्त्र हुन चाहेको छ र त पूर्वमा हर्क, पश्चिममा हमाल, काठमाडौंमा बालेनलाई जनताले पठाएका छन् तर दल भने कहाँ जालास् मछडी मेरै ढडुवा भन्ने उखान चरितार्थ गर्दै छन् र त कसैले मेसिन किनेर मलाई जिम्मा दिनु म काठमाडौंको फोहोर चुड्कीको भरमा ठीक पार्छु भन्दै छन्, मेयरको दौडधूपलाई पसिनाको खेर मात्रै हो भन्दै छन्, लासा जाने यो बाटो होइन पनि भन्दै छन्, याने कि बालेनलाई असफल गराई धुमिफिरी रूम्जाटारको मेलोमेसो गर्न चाहन्छन् ।

काठमाडौं उपत्यकाका सबैक्षेत्र नगरपालिका बन्ने समय भएको थिएन, दलका मान्छे पदस्थापना गराउन सबै क्षेत्र नगर पालिकामा परिणत भयो तर पानी, बाटो, ढल, फोहोर व्यवस्थपनको कुनै योजना छैन । नगरको नाममा खेतमा पिच गरिएको छ तर त्यो पिच सडकले न छेउ छुन्छ न टुप्पो, हिलाम्मे साँघुरो बाटो क्रस गरेपछि हराभरा भनिएको पिच आउँछ अनि त्यसको निकासमा फेरि बाटो छैन, छ केवल अगाडिको जस्तो मात्रै, उही सानो र कच्ची । ओखरपौवा, बन्चरे डाँडो, सिस्डोलका आप्mनै समस्या होलान् तर नेतृत्वले त्यो स्थान किन छनोट गरेको हो वा यत्रा वर्ष के हेरियो, एकाएक बाटो बन्द गरिदिनाले काठमाडौं उपत्यकामा बस्नेको हालत के हुन्छ ? यहाँका आदिबासी र कम जनसंख्या भएका बेला यत्रा समस्या थिएनन्, सवारी जाम, धुवाँ, धूलो, हिलो, बाग्मतीलगायतका नदीको दुर्दशा छ, यस्तो थिएन पहिले । सबै जिल्लाका मानिस यहाँ बसेका छन् घर होला बा सिस्डोल, बन्चरेलगायतका क्षेत्रका मानिसको घर पनि होला काठमाडौंमा । नेतृत्वले दीर्घकालीन समाधान त खोज्नुपर्छ तर गाडी रोक्ने र फोहोरमा राजनीति गर्ने, बार्गेनिङ गर्ने कार्यले कसैको पनि मनस्थिति सकारात्मक हुन्न र यसमा राजनीति घुसेको बुभ्mनुपर्ने हुन्छ । विगतदेखि नै हरेक क्षेत्रमा राजनीति हुने गरेकोले यसो भन्नुपरेको हो ।

फोहरी राजनीति फोहरमा घुसाउन थालिएको छ, इम्बोस्ड नम्बर अहिले एम्बुस बनेर उभिएको छ

हो, बालेन एक्लैको समस्या होइन यो, दर्जनौं यहाँ अरू मेयर पनि छन्, अन्यत्रबाट पनि फोहोर जम्मा हुन्छ, फोहोरका ठेकेदारले मनग्गे पैसा उठाएका छन् तर उपभोक्ताले सेवा पाएनन्, काठमाडौंका घरमा फोहोर राख्ने, विसर्जन गर्ने ठाउँ छैन, गल्ली, सडकमा राख्न शोभा त दिन्न, बाध्य भएर फाल्छन् पनि मानिस, दुर्गन्ध, रोग पैmलिने बढी डर, गर्मीको बेला अस्वस्थ जीवन, यसै पनि राम्रो पानी, खानाको अभावमा घर दैलोमा महिनौं फोहोरको डंगुर, सडकमा यामानका फोहोरका थुप्रा देख्दा कस्तो हुन्छ मानव हृदय र विदेशीको आँखा । देशमा राजनैतिक परिवर्तन गर्ने, अवस्था भने उस्तै मात्र होइन दिनानुदिन जटिल किन ? अपरिपक्व निर्णय आइत’bout बिदा, काँचो निर्णय रासायनिक मल, कच्चा निर्णय चुच्चे नक्सा, हतारको निर्णय नेटोपक्षको युक्रेनको मतदान, बिग्रिएको वातावरणको वास्तै नगरी अदालतविरुद्धको निर्णय निजगढ विमानस्थललाई बजेट हाल्ने कुरा, फालि मासेर सियो बनाउने कच्चा निर्णय दल फुटाऊ आभियान, दलका पदाधिकारीले दैलोमा फोहोर गरेर अर्काको छहारीमा ओत लाग्न जाने निर्णय, छोरी, बुहारी अभियान, दर्जनौं दम्पतिको संसद्मा ओइरो, भागशान्ति मिलाउन समानुपातिक प्रणाली, पदको लोभले अप्राकृतिक गठबन्धन, सिद्धान्तविहीन दलको झगडा, निष्ठाबिनाको राजनीति, आदर्शबिनाको मिथ्या भाषण, कुरूप लोकतन्त्रले देश अंगभंग भएको अवस्थामा छ अहिले, न राष्ट्रिय पोसाक, न देशभक्ति, नेपाली अंक अक्षर देवनागरी लिपि नामोनिशान नरहने गरी इम्बोस्ड नम्बर कि एम्बुस हो ?

कति जनाले अंग्रेजी नम्बर प्लेट हेर्न, पढ्न सक्छन्, जान्दछन् नेपालीले । कति संसद् नै ल्याप्चे छाप छन् हामीकहाँ, देश शिक्षित छ र ? बा हाम्रा कति गाडी विदेश हुइँकिन्छन् वा ती हुइिँकिनेलाई मात्रै अलग व्यवस्था गरे हुन्न, हुम्ली, जुम्लीलाई केको इम्बोस्ड नम्बर । कूटनैतिक गाडीलाई यो व्यवस्था लागु गर्दा हुन्छ, ४ आना घडेरी बेचेर बसेको एउटा गाउँको अनपढले कर तिर्न सकेको छैन इम्बोस्ड नम्बर किन ? यी धेरै अपरिपक्व निर्णय हुन् देशलाई धर्म निरपेक्ष गर्न हतारो जस्तो वा भनौं विदेशीलाई खुसी गराउने प्रण गरियो होला तर ती खुसी भएर केही सहयोग, अनुदान पनि देलान् तर देशको स्थायी समस्या समाधान हुन्छ कसरी ?

बिजुलीको चुलो बाँडेर बिजुली खपत बढ्दैन, विद्यार्थीलाई चुलो दिइएला, लाइन कहाँबाट पाउँछन्, घर मालिकलाई के राहत दिइयो, उल्टो न्यूनतम भनी अतिरिक्त महसुल लिइएको छ, साताभित्र महसुल बुझाए ३ प्रतिशत छुट दिइने प्रावधानलाई घटाइएको छ, संसारमै बिजुलीको भाउ यहीँ बढी छ, खानेपानीको मिटर भाउ बाहिर बजारभन्दा ४ गुणा महँगो छ, ढल चार्ज किन लिइएको जब कि खानेपानीले ढलको कुनै काम नै गर्दैन । नेतृत्वले देशलाई सही दिशामा लगिरहेको अवस्था पटक्कै छैन, सुविधा कटौती गर्न हतार भइसकेको छ, सुविधा नलिएर राज्यको सेवा गर्न आमसर्वसाधारण आतुर छन् । राजनीति कोही निश्चत व्यक्तिको सिन्डिकेट होइन, बुढाले राजनीतिबाट सन्यास लिएर नयाँ पुस्ता बालेनलाई स्वतन्त्र रूपमा देश जिम्मा ललाउन ढिलो भइसक्या छ, नत्र निरन्तर काठमाडौं मात्रै होइन पुरै देश गनाइरहन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो