६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार


वर्लिन । जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ ।

युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिसमा ६१० जना दुर्व्यवहार पीडितको आधिकारिक रेकर्ड छ । यद्यपि, अध्ययनमा संलग्न इतिहासकार नताली पोवरोज्निकले पीडितको वास्तविक संख्या धेरै बढी हुनसक्ने बताइन् । उनका अनुसार करिब ५ हजारदेखि ६ हजार जना युवायुवती पीडित छन् ।

रिपोर्टअनुसार १९३ जना पादरीले कम्तीमा ५ हजार ७ सय यौन दुर्व्यवहारका घटना गराएका थिए । संलग्न पाँच प्रतिशत पादरीहरू शृंखलाबद्ध अपराधीहरू फेला परेका थिए । उनीहरूले दश भन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएका थिए । दश प्रतिशतभन्दा कमले कानुनी परिणामहरूको सामना गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी