हिमालमा औठी साटेकी इन्दिराकाे तराईमा बिहे


काठमाडौं । गायिका इन्दिरा जोशीले दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । उनी मँगलबार प्रेमी शरद केडियासँग बिबाहिक सम्बन्धमा बाँधिएकी हुन् । तीन वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए । हिमाल पुगेर इँगेजमेन्ट गरेका यी जोडीले तराई पुगेर चितवनको बाराही जंगल लजमा विवाह गरेका छन् ।

शरद पेशाले फेशन डिजाईनर हुन् । उनीहरु बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सरदले ‘माउन्ट एभरेस्ट फेसन रनवे’ कार्यक्रम सेलुको नाम्चेमा गरेका थिए । सोही क्रममा शरदले इन्दिरालाई विवाह प्रस्ताव राख्दै औंठी साटेका थिए ।

आफुहरुले विवाह गरेको खबर यी दुईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । नेपाल आईडलमा तेश्रो सिजनसम्म निर्णायक बनेकी गायिका इन्दिराले फेसबुकमा लेख्दै औपचारिक रुपमा शरद आफ्नो श्रीमान भएको बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जो १ मतले विजयी भए…