बाकसमा आएका मान्छेको कथा ‘चिसो मान्छे’

काठमाडौं । दीपेन्द्र के खनालद्वारा निर्देशित चिसो मान्छे शुक्रबार मुलुकका ८ दर्जनभन्दा बढी सिनेमा हलबाट रिलिज हुने भएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवारले भोगेका पीडाको कथामा यो चलचित्र केन्द्रित रहेको यसका निर्देशक खनालले बताएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंले लेखेका हुन् । गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशबाट एकै दिन दुई दर्जनभन्दा बढी नेपालीको शव आएपछिको दृष्य देखेर आफूले यो कथा तयार गरेको पनि उनले बताएका छन् ।

बाकसमा आएका मानिसहरूको कथा उनले यसमा उतारेका छन् । निर्देशक दीपेन्द्र के खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंले लेखेका हुन् । वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएकी विकट क्षेत्रकी एक महिलाले त्यसपछि गर्नुपरेको संघर्षको कथा यसमा उनले समेटेका छन् ।

यो चलचित्रले यतिबेला निकै राम्रो सो पाएको निर्माण पक्षको भनाइ छ । मुलुककै ठुलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले मात्र आफूहरूलाई ११ पर्दामा २६ सो दिएको यो चलचित्रकर्मी निर्माता शर्मिला पाण्डेले बताएकी छन् ।

आफूहरूले काठमाडौं उपत्यकामा बिग मुभिजले ४ सो, एफक्यूव सिनेमाजले ४ सो, बीएसआर मुभिजले ४ सो, आइनआई सिनेमाजले ४ सो, सिनेडी सेभले ४ सो दिएको पनि शर्मिलाले बताइन् । यो साता बलियो भारतीय फिल्म रिलिज नभएकाले पनि आफूहरूले राम्रो सो पाएको निर्माता पाण्डेले बताइन् । उनका अनुसार काठमाडौं बाहिरका सबै मदिप्लेक्सले चिसो मान्छेलाई राम्रो सो दिएको छ । यो चलिचत्रमा स्वस्तिमा खड्का, देशभक्त खनाल, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता