नारायणगढ मुग्लिन सडक : पहिरोको सकस

सडक बन्यो तर पहिरो रोकिएन

चितवन । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक खण्डको यात्रामा पहिरोको सकस बढ्दै गएको छ । एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पुग्न लाग्दापनि पहिरोको दिगो समाधान हुन सकेको छैन । पहिरो नियन्त्रणका लागि धेरै काम भएपनि हिउदामा सुख्खा पहिरो र बर्षामा हिलो पहिरोले सडक यात्रा सहज हुन सकेको छैन ।
बर्षात सुरुभएसंगै अहिले नारायणगढ मुग्लिन सडकमा दिनहुँजसो पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको छ । पहिलेको तुलनामा सडक फराकीलो भएपनि पहिरोको जोखिमले सधै डराउनुपर्ने अवस्था रहेको सवारी चालक भिमवहादुर गुरुङ बताउछन । ‘कतिवेला के हुन्छ थाहाहुन्न’ उनले भने ‘जोखिममा सवारी चलाइरहेका छौँ । ’

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याँक अनुसार गत साउनदेखि अहिलेसम्म सडक खण्डमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ । पहिरोको जोखिमसंगै चालक र यात्रुमा धैर्यता नहुदाँ थप समस्या पर्दै गएको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म बहादुर अधिकारीले बताए । पहिरोका कारण सडक जाम हुने समस्या बढ्दै गएको बताउदै उनले पहिरो हटाएपछिको सवारीजाम अर्को समस्या वन्दै गएको बताउछन । सवारी चालक र यात्रुमा धैर्यताको कमीका कारण थप समस्या वन्नेगरेको उनले बताए ।

नारायणगढ मुग्लिन सडककै अहिले सबैभन्दा बढी तोपे खोला, चारकिलो र काली खोलामाथिबाट झरेको पहिरोले दुःख दिएको छ । सडक विस्तारसँगै ४० करोड रुपियाँ खर्च लगाएर सम्भावित ३१ स्थानमा सानो ठूलो पहिरो नियन्त्रण गरे पनि आयोजनाले पर्याप्त पहिरो नियन्त्रण गर्न नसकेको सडक डिभिजन कार्यालय चितवनका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिको पहिरोको जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको छ । यो सडकमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ वटा निर्माणको अन्तिम चरणमा र एउटा निर्माण सुरु हुने प्रक्रियामा छन् । सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको खनालले जानकारी दिए ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर सडक विश्व बैङ्कको सहयोगमा पुनर्निर्माण भएको हो । सन् २०७२ सालमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड रुपियाँको लागतमा ३७ महिनामा निर्माण पूरा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत