रुकुमकाे गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मञ्जु रावत प्रथम

जुम्ला । रुकुममा पश्चिमा सम्पन्न ६० किलाे मिटरकाे गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मन्जु रावत प्रथम भएका छन्।

प्रत्येक वर्ष सञ्चालन हुने गुरिल्ला ट्रेल रेसमा पुरुष तर्फ जुम्लाकाे तातोपानी गाउँपालिका -७ सर्मीका दल बहादुर कुँवर र महिला तर्फ जुम्लाकाे कनकासुन्दरी गाउँपालिका-१ कि मन्जु रावत प्रथम भएकाे धावक हरि बहादुर राेकायाले जानकारि दिएका छन्।

जुम्लाबाट सहभागी दुवैजनाले राम्राे उन्नति गरेका छन्, दल बहादुर कुँवर ९ औं अल्टा रारा म्याराथन द्वितीय भएका हुन्, उनले यस पटक राम्राे प्रदर्शन गरेका छन्। धावक हरि राेकायाले भने। राेकायाले सन् १९९७ देखि २००१ सम्म लगातार तीन पटक एभरेष्ट म्याराथन जितेर विश्व किर्तिमानी राखेका छन्। अहिले जुम्लामा बसेर खेलाडी जन्माइरहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी