सर्लाही । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित हरिपुर सडक खण्डमा समेत अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासका सूचना अधिकारी दिलिप थापाले जानकारी दिए । अनुगमको क्रममा सवारी नियम विपरित सवारी संचालन गर्ने ३० सवारी धनीलाई कार्वाही गरिएको छ । प्रयोजन विपरित–५, क्षमता भन्दा अधिक भार वहन २ वटा सवारी साधनलाइ कारवाही गरेकाे यातायात कार्यलयले जनाएकाे छ ।
नम्बर प्लेट नराखी सवारी संचालन–१,सिट बेल्टको प्रयोग नगर्ने ५,सवारी चालक अनुमती पत्र नबोकी सवारी चलाएक–८ जना कार्वाहीमा परेका छन् । बाटो ईजाजत नभएको–७,लापरवाही पुर्वक सवारी संचालन गरेको–३ गरी ३० जना सवारी धनीलाई कार्वाही गरिएको यातायात कार्यालयले जनाएकाे छ । यस्तै ३ सय ५० वटा सवारी साधनलाई सचेत गराइएको छ भने करिब ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरिएको सूचना अधिकारी थापाले बताए । यातायात कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले सवारी धनीहरुलाई सवारी सम्बन्धी कागजातहरु साथमा बोकी सवारी साधन नियमको पालना गरि दिनुहुन आग्रह समेत गरे ।
सवारी साधनको छड्के सडक अनुगमनमा यातायात कार्यालय प्रमुख थापा, सवारी शाखा प्रमुख संजिप चौलागाई, सवारी चालक अनुमती पत्र शाखा प्रमुख संजय खतिवडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।