पूर्वाधार एम्बुलेन्सबाट खाल्डा टाल्दै महानगर


काठमाडौं । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स स्थापना गरेर महानगरभित्रको सडकको खाल्डा पुर्न थालेको छ ।

महानगरको नयाँ नेतृत्वले पहिलो बैठकबाटै पूर्वाधार एम्बुलेन्स निर्माण गर्ने निर्णय गरेर अहिले सञ्चालन समेत गरेको हो ।
महानगरपालिकाका अनुसार पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुकीको समयमा गरिने भएको छ । यसअघि दिउँसोको समयमा सडकमा मर्मतको काम पनि हुँदै आएकोमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै अब बिहान र बेलुकीको सडक मर्मत तथा खाल्डो पुर्ने काम हुने जनाएको छ ।

महानगर प्रमुख बालेन्द्र साह नियुक्त भएपछि बसेको कार्यपालिकाको पहिलो बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो । विगत एक सातादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको छ । हाल यसको प्रयोग सडकका खाल्डा पुर्ने काममा गरिँदै आएको छ ।
महानगरपालिकाले यसअघि फोहर बोक्ने दुई गाडीलाई रंग लगाएर पूर्वाधार एम्बुलेन्सका रूपमा सञ्चालन गर्दै आएको छ । उक्त एम्बुलेन्समा महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली खटिने गरेको छ । महानगरबासीले कल सेन्टरमा गुनासो गरेका आधारमा पूर्वाधार एम्बुलेन्सले टोल–टोलमा पुगेर सडक मर्मत कार्य गर्नेगरेको छ ।

महानगरका अनुसार कल सेन्टरमा सडक पेटी, ढल, इँट्टा, ब्लकहरू बिग्रेको तथा भत्केको गुनासो आउनासाथ पूर्वाधार एम्बुलेन्समार्फत काम हुने गरेको छ । यसैबीच, महानगरपालिकाले यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालमा ल्याएर सडक सफा गर्न थालेको छ ।
काठमाडौंको सडक सफा गर्न प्रयोग हुँदै आएको ब्रुमर चालकको करार अवधि सकिएका कारण दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । हाल महानगरपालिकामा ६ वटा ब्रुमर सञ्चालनमा रहेका छन् ।

वर्षा र फोहोर बाधक

काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्समार्फत सडक मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने तथा ब्रुमरमार्फत सडक सरसफाई गर्ने काम सुरु गरेपछि वर्षाका कारण प्रभावित बनेको पाइएको छ ।

महानगरले गिटी माटो प्रयोग गरेर सडकको खाल्डा पुरेको पाइएको छ । अघिल्लो दिन पुरिएको खाल्डा अर्को दिन पानीले उस्तै बनाएको समेत पाइएको छ । पानी नपर्दा केही दिन खाल्डा पुरिए पनि पानी पर्ना साथ माटो र गिटी बगाउँदा समस्या उस्तै देखिएको स्थानीयको गुनासो छ ।

ब्रुमरले सडक सफाइ गर्ने काम पनि वर्षा र फोहोरका कारण प्रभावकारी देखिएको छैन । काठमाडौंका ठाउँ ठाउँमा अझै पनि फोहोर उठ्न बाँकी रहेकाले सडक सफा हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यी हुन् एक देखि पाँच अर्ब कमाउने बैंक

कुरी-कुरी