रुकुममा जिप दुर्घटना हुँदा चालक र सहचालको मृत्यु


तुलसीपुर । रुकुमपश्चिमको छोटेटारमा जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलि निबासी २५ बर्षका प्रकाश घर्ती र सहचालक २३ बर्षका कविराम विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी विष्णु प्रसाद सोतीले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका घर्ती र विकको उपचारको क्रममा नगर अस्पताल राडीमा मृत्यु भएको हो । रा १ ज १५६९ नम्बरको गाडीका सहचालक विक शनिबार दुर्घटना भएको गाडीमा सहचालक हुन आएको डिएसपी सोतीले बताए ।

जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको आठविसकोट तर्फ जाँदै गरेको लु१ज १८९७ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकदेखि २ सय मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी