न्वारनको भोज खाएर फर्कने क्रममा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, सात घाईते


सर्लाही । सर्लाहीमा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । न्वारन(छठियार)को भोज खाएर फर्किने क्रममा कार दुर्घना हुदाँ रौतहटको वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षिय गम्भिर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य सात जना घाईते भएका छन । दुर्घनामा परेको बिआर ०५ एआर५१३७ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो । कारमा चालकसहित ९ जना सवार थिए । सर्लाहीको धनकौन गाउँपालिका वडा नं. ५ स्थित छठी घाट पुलमा छतौनाबाट छठियारको भोज रौतहट वृन्दावन हरैया तर्फ फर्किने क्रममा उक्त कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि कारका चालक फरार छन् । कारमा सवार अन्य सात जना घाईतेहरुको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ ।

घाईते हुनेहरुमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षिय महेन्द्र राय, सोही ठाउँका ४ वर्षिय अमित कुमार यादव, ६ वर्षिय अनिकेत यादव, १० वर्षिय गौतम कुमार यादव, १४ वर्षिय मिरा कुमारी यादव, १७ वर्षिय शोभा कुमारी यादव, ३२ वर्षिय जितेन्द्र कुमार यादव रहेका छन् । घाईतेमध्ये ७० वर्षिय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चोट लागेको छ । महेन्द्रको भने शरीरका विभिन्न भागमा चोट लाग्नुको साथै तिघ्रा भाँचिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी