ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ दलित घर परिपरिवारको लागि पक्की घर निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास भएकाे ईश्वरपुर नगरपालिकाले जनाएको छ ।

वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि पक्की घर निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन । सयुक्त आवास भवन निर्माण अन्तर्गत सहरी विकास मन्त्रालयले १५ पक्की घर निर्माण गर्न ७० लाख बजेट नगरपालिकालाई पठाएको हुदाँ आवास भवन निर्माण कार्य तिव्र गतिमा अघि बढाउन नगर प्रमुख आचार्यले शिलान्यास गरी ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिएकाे नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।

सयुक्त आवास भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष, वडा सदस्यहरु, प्राबिधिक लगायत वडावासीहरुको उपस्पथिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल