अफगानिस्तानका टेलिभिजन प्रस्ताेता पेट पाल्न नसकेपछि सडक ब्यापारमा

काबुल । तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद करजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको ट्विटर पोस्टले देशका कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ ।

हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । क्याप्सनमा हकमलले भनेका छन् की मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध थिए । तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आएका छन् ।

‘मुसा मोहम्मदीले विभिन्न टिभि च्यानलहरूमा एङ्कर र रिपोर्टरको रूपमा वर्षौंसम्म काम गरे । अहिले आफ्नो परिवारलाई खुवाउने कुनै आम्दानी छैन । केही पैसा कमाउन स्ट्रीट फूड बेच्छन् । गणतन्त्रको पतनपछि अफगानीले अस्वभाविक गरिबी भोग्नुपरेको छ । ’

मोहम्मदीको कथा इन्टरनेटमा अहिले भाइरल भइरहेको छ । यसले राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिककोसमेत ध्यान खिचेको छ । एउटा ट्वीटमा वासिकले पूर्व टीभी एन्कर र रिपोर्टरलाई आफ्नो विभागमा नियुक्त गर्ने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘निजी टेलिभिजन स्टेसनका प्रवक्ता मुसा मोहम्मदीको बेरोजगारी सामाजिक सञ्जालमा बढ्दै छ । वास्तवमा, राष्ट्रिय रेडियो र टेलिभिजनको निर्देशकको रूपमा म उहाँलाई भन्छु कि हामी काम गरौं । राष्ट्रिय रेडियो र टेलिभिजनको ढाँचामालाई उहाँलाई नियुक्त गर्नुहोस् । हामीलाई सबै अफगान प्रोफेसनल चाहिन्छ ।’

यसैबीच, अगस्टमा तालिबानको सत्तापलटपछि अफगानिस्तानमा मानवीय तथा आर्थिक संकट निम्तिएको छ । उनीहरुले विभिन्न सञ्चार माध्यममा धरपकड गरेका छन् । तालिबानका कारण अधिकांश महिला सञ्चारकर्मीले रोजगारी गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन