रोपाई गर्न हिँडेकी युवती बेपत्ता

बैतडी । बैतडीको सिगास गाउँपालिका ८ की विवाहित युवती बेपत्ता भएकी छिन् । शनिबार रोपाई गर्न भन्दै घरबाट हिडेकी रमेश बोहराकी १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाईका लागि हिडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भईरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी बिवाह गरेका थिए ।

विवाहित युवतीका माईती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले खोज्नुपर्ने बताउदै आएका छन् । ‘२ महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरुले नै खोज्नुपर्छ ।’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी