२४ घण्टामै ल्याइयो सम्झना बिर्सनाको गीत

काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’ यही ३१ असारमा रिलिज हुने भएको छ । पटकपटक प्रदर्शन मिति सारिएको यो चलचित्रलाई ३१ असारमा रिलिज गर्ने भन्दै निर्माण पक्षले यो चलचित्रको ‘हाँस्ने खेल्ने बेलैमा…’ गीतको भिडियो एक समारोहबीच सार्वजनिक गरेको छ । यो गीतको भिडियोलाई २४ घण्टाभित्रै छायांकन गरेर तयार गरी दर्शकमाझ ल्याइएको हो ।

यस गीतलाई अञ्जु पन्त र किरण गजमेरले गाएका छन् । जसमा शब्द संगीत अर्जुन पोखरेलको छ । रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।

फिल्मको गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आकाशले आफूहरूले यो चलचित्रमा निकै मिहिनेतका साथ काम गरेको बताए । यो गीतको भिडियोका लागि पनि छोटो समयमा राम्रो काम गरेको उनले जिकिर गरे । पूजाले कोरोना कालमा निर्माण भएको यो चलचित्र अब रिलिज हुने खबरले आफू खुसी भएको बताइन् । यो चलचित्रमा पूजा र आकाशसँगै सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ ।

चलचित्रको प्रदर्शन मिति तय भएपछि दुई दिनभित्रै छायांकन गरेर यो चलचित्रको गीतको भिडियो रिलिज गरिएको हो । गीत पहिला नै बनेको भए पनि प्रदर्शनीको मिति तय भएकाले हतारमा तयार गरेर गीत ल्याइएको यसका निर्माता अद्वितीय प्रधानले कार्यक्रममा बताए ।

रेविका प्रधानको निर्माणमा बनेको चलचित्रमा निमेष प्रधानको लेखन तथा निर्देशन छ । अद्वितीय फिल्म्सको प्रस्तुति रहेको ‘सम्झना बिर्सना’को छायांकन दार्जिलिङ, सिक्किम, सिल्गुढीका साथ एउटा गीत काठमाडौंमा गरिएको हो । आरआर फिल्म्सले यसको वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी