चलचित्र पत्रकार पुरस्कृत

काठमाडौं । आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर चलचित्र पत्रकार संघ नेपालले शनिबार बेलुका काठमाडौंमा एक समारोहबीच १६ जना पत्रकारलाई तीन वर्षको चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मानित गरियो । यस्तै, जनही २५ हजार रुपैयाँसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ दिवाकर मैनाली र आरडी शृंखलालाई प्रदान गरियो ।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट पत्रकार सुब्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गरियो । यस्तै, जनही ५१ हजार रुपैयाँ राशीसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गरियो । ल्याप्टप पुरस्कार रहेको २०७८ कै ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरियो ।

‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फँुयाल र लक्ष्मण सुवेदीलाई सम्मानित गरियो । यस्तै, जनही ५१ हजार रुपैयाँ राशी रहेको २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ पत्रकार नेमिष गौतम र विष्णुप्रसाद सुवेदीलाई प्रदान गरियो । ल्यापटप पुरस्कार रहेको २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्दव रसाइली र २०७९ कै ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौडाका श्रीराम अर्जुनलाई प्रदान गरियो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अभिनेता भुवन केसी, राजेश हमाल, संघका पूर्व अध्यक्ष विदुर गिरी, अध्यक्ष दिनेश सिटौलालगायतले सो पुरस्कार तथा सम्मान प्रदान गरे । संघका अध्यक्ष दिनेश सिटौलाले विगतमा कोरोनाको कारण कार्यक्रम गर्न नसकिएकाले यसपटक तीन वर्षको पुरस्कार र सम्मान प्रदान गरिएको बताए ।

सञ्चारमन्त्री कार्कीले नेपाली चलचित्रको विकास र विस्तामा चलचित्र पत्रकारको ठूलो हात हुने बताउँदै पुरस्कृत र सम्मानित सबैलाई बधाई ज्ञापन गरे । मन्त्रालयका तर्फबाट चलचित्र पत्रकारको हकहितमा काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी