पत्रकारको श्रम शोषण हुनु लज्जाको विषय : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडाैं । पत्रकारहरूले तोकिएको पारीश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् ।

नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उनले जानकारी दिए ।

स्वतन्त्रताको नाममा हुने विकृतिको अन्त्य गर्नुपर्ने भन्दै अध्यक्ष बस्नेतले कतिपय विषयहरु अहिले भैरहेको ऐनले नसमेटाकाले अब बन्ने निर्देशिकामा समेटेर लैजाने स्पष्ठ पारे । घरबाट कार्यलय निस्केपछि कार्यलयसम्म पुग्ने बाटो र कार्यालयपनि कार्यस्थल भित्र पर्ने भन्दै सम्पादक व्यवस्थापक मात्र बन्ने गरेकाले पनि पत्रकार समस्यामा परेकाले सम्पादकीय नेतृत्व गर्न सक्नु पर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी