प्रदेश २ को संसद बैठक २ घण्टाका लागि स्थगित

जनकपुरधाम । प्रदेशको राजधानी र नाम’bout निर्णय गर्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ । स्थगित हुनुअघि प्रदेशसभा बैठकले निर्वाचन अधिकृतमा प्रदेशसभाका निमित सचिव रंजित यादवलाई तोकिएको छ ।

बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्तावमध्ये ‘जानकी’लाई पहिलो प्रस्तावका रुपमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सांसद रामकुमार यादवले जानकी नाम प्रस्ताव गरेका थिए ।

प्रदेशसभा बैठकबाट २ वटा संशोधन प्रस्ताव फिर्ता लिइएको छ । नेकपा सांसद रामचन्द्र मण्डलले राखेको ‘मिथिला भोजपुरा मधेश प्रदेश’ प्रस्ताव र नेकपा सांसद किशोरी शाह कमलले राजधानी सम्बन्धी दर्ता गरेको प्रस्ताव प्रदेशसभा बैठकमा फिर्ता लिइएको छ । नेकपाले नामका सन्दर्भमा पार्टीको आधिकारिक निर्णयमा मतदान गर्न ह्वीप जारी गरेको छ । नेकपाले जानकी प्रदेश नामका पक्षमा उभिने निर्णय गरेको छ ।

राजधानी जनकपुरधाम कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नाम’bout फरक–फरक धारणा छ । नेकपाले जानकी प्रदेश नाम राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ र्पुयाउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५