फस्ट लुक्समा ‘२ नम्बरी’

काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति तय गरिएको छ । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको यो चलचित्रलाई आगामी ४ कात्तिकबाट देशव्यापी रिलिज गरिने भएको छ ।

दयाहाङ र सौगातकै मुख्य भूमिका रहेको चलचित्र ‘कबड्डी ४’ले प्रदर्शनी भएको तीन सातामा २० करोड नेपाली रुपैयाँका व्यापार नेपाल र बाहिरबाट गरेपछि २ नम्बरी टिम पनि उत्साहित भएको छ ।

प्रदर्शनी मितिसँगै निर्माण टिमले चलचित्र ‘२ नम्बरी’को फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरेको छ । फिल्मको फस्ट लुक्समा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्ट लुक्सले उत्सुकता जगाउने निश्चित छ ।

फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहने यो चलचित्रलाई दीपक मनाङे, अमलादेवी राई र जयस श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यी हुन् एक देखि पाँच अर्ब कमाउने बैंक

कुरी-कुरी