डलरको भाउ थामियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको थियो ।

युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैइाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २८ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप