एभिनियर सेमिफाइनलमा

पोखरा । एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै अफ्रिकी क्लब एभिनियर छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेमजा युनाइटेको आयोजनामा गौरीशंकर माविको खेल मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनलमा एपिएफलाई हराउँदै पाहुना टोलीले चर्च ब्वाइजसँग भेट पक्का गरेको हो ।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै २–० को अग्रता लिएको अफ्रिकी टिमले दोस्रो हाफमा थप २ गोल गर्दै सहज जीत निकालेको हो ।

सुरुवातदेखि नै एपिएफमाथि हाबी भएको एभिनियरले उत्कृष्ट खेल देखाए पनि आफ्नै सहकर्मीहरु बीचको समन्वयमा भने विवाद गरिरहे । एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जित नजिक पुगेको थियो । उनले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जीत सहज गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । दोस्रो हाफमा १० खेलाडीमा सीमित एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा गोल गर्न सके ।

सुरुआतको १० औं मिनेटमा अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो २२ औँ मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पन्च गर्दै बचाउ गरे । २० औं मिनेटमा एपिएफका प्रदिप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक तथा कप्तान कोभासिले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए ।

बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । हारपछि एपिएफ प्रशिक्षक सुदीप श्रेष्ठले गोलरक्षकको कमजोरीका कारण हार व्यहोरेको प्रतिक्रिया दिए । उता, एभिनियरका प्रशिक्षक आशिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्शनी गरेको बताए । ११ असारमा हुने फाइनलमा विजेताले ६ लाख प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी