यस काहानीमा तीन पात्र छन् नदी नागरिक समाज अनि मेरा सरकार † हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । हामी सालाखाल रूपमा चर्चा गरौंला । यिनका प्रत्येक कृत्यले एकअर्कालाई प्रभावित गर्दा राना जसको केन्द्रबिन्दु त प्रत्येक पात्रको हित कथाको अन्तिम अध्याय पात्रको भविष्यफल’bout भनौंला । कथाको समापन नदीको जिम्मेवारीलाई यथास्थितिमा ल्याउने संकल्पका लागि अनुरोध मात्र हुनेछ ।
नदी प्रकृतिद्वारा निर्धारित मार्गमा कलकल गरेर बग्नेलाई भनिन्छ । पानी जुन कुनै जलधार झिल या समुन्द्रसँग मिल्छ, त्यसलाई नदी भनिन्छ । नदीको जन्म पहाड, जंगल, हिमनदी या कुण्डबाट हुन्छ । पानीको स्रोत वर्षा जल हो । नदी धर्तीको ढलौट उसलाई दिशा दिन्छ र गुरुत्व बलले अगाडि बढाउँछ । सबै नदीको कथा लगभग एकै जस्तो छ । भूगर्भीय हलचलका कारण धर्तीको भूगोल बदलिन्छ । आज जहाँ हिमालय छ, लाखौं वर्ष पहिला टेथिस नामको समुन्द्र थियो । यस प्रायद्विप र चीनबाट निस्कने नदी त्यस समुन्द्रमा मिसिन्थे । कालान्तरमा टेथिसको गर्भबाट हिमालयको जन्म भयो । हिमालय र यस प्रायद्विपको तल्लो इलाका गंगा, सिन्धु र ब्रह्मपुत्रको कछाड बन्यो । यो उदाहरणले प्रमाणित गर्दछ कि भुगर्भिक हलचलका कारणले धर्तीको भूगोल बदलिँदो रहेछ । त्यसको बदलिनुका कारण एकातिर यदि नयाँ नदीहरूको जन्म हुन्छ भने अर्कोतिर अनेक पुराना नदीको अस्तित्व समाप्त हुन्छ । यो एउटा अन्तहिन प्रक्रिया हो ।
नदीको जन्म बेग्लाबेग्लै काल खण्डमा भएका छन् । तिनको जन्मको कथा करीब ३४ करोड साल पहिले सुरु भएको मानिन्छ । धर्तीको १७ लिदो भुगोलले अनेकौं उलट फेर गरेको छ । एकातिर यदि नयाँ नदीको जन्म भएको छ भने अर्कोतिर अनेक पुराना नदीहरूको अस्तित्व समाप्त भएका छन् । उदाहरणका लागि हिमाली यिनै नदीहरूको जन्मको कथा लगभग ८ करोड साल पहिले सुरु भयो त्यही दक्षिण भारतका नदी धेरै पुराना छन् । नदीको जन्म र मृत्युका अनेक साक्षात चट्टानमा सुरक्षित छन् भने कताकतै प्राकृतिक हलचलहरूले तिनलाई पूर्णरूपमा मेटाएको छ ।
मौसमको असरले धर्तीमा भौतिक एवं रसायनिक परिवर्तन हुन्छ । यी परिवर्तनका कारण उत्पन्न हुने फोहरमैला हटाउन पानी उपलब्ध गराउनु र फोहरमैलालाई नदीलाई वर्षातले सुम्पिन्छ । यो काम पुरै साल जारी रहन्छ । यो प्राकृतिक व्यवस्था हो । मानवीय प्रयासले यसलाई समाप्त गर्न के पो सक्ला ? नदी मार्ग धर्तीमा बग्ने पानीको हस्ताक्षर मानिन्छ । बग्दो पानीले प्रतिवर्ष माटो र चट्टान काटेर आफ्नो मार्ग गहिरो पार्छ । यो काम नदीले समुन्द्रमा मिल्नुसम्म चलिरहन्छ ।
बाढीको समयमा नदीले आफ्नो सीमा नाघेर बग्दछ तब उसको प्रभाव क्षेत्रको विस्तार हुन्छ । त्यसलाई कछार भनिन्छ । यसको निर्धारण प्रकृतिले गर्दछ त्यो नै यसको परिवर्तनको लागि जिम्मेवार हुन्छ । प्रचलित भनाइ छ १२ वर्षमा खोला फर्किन्छ । परापूर्व कालमा समान र दीको सम्बन्ध पेजल तथा घरेलु सर–सफाई तथा लुगा धुने सम्म सिमित थियो । त्यस कालखण्डमा सबै नदीले आफ्नो प्राकृतिक दायित्व बिना कुनै व्यवधानले पूरा गर्दथे । बिस्तारै बिस्तारै बस्ती बढ्यो । राज्यसत्ताको उदय भयो । भवन निर्माणको कला विकसित भयो । पानीको बढ्दो ज्ञानले भलै समाजलाई कुलो, पोखरी आदि निर्माण गर्न सिकायो तर समाजको सर्वाधिक निर्भता नदी र बालुवामा थियो ।
मननीय कुरा यो छ कि नदी प्राकृतिक जलचक्रको अभिन्न अंग भएकाले मानवीय गतिविधिद्वारा यसलाई समाप्त गर्न सक्तैन
नदीहरूको प्राकृतिक जिम्मेवारी फोहर मैला तथा धुलनसीत रसायनलाई समुन्द्रमा जम्मा गर्नु हो । यो नै तिनको आर्वरलता तथा निरन्तरताको उद्देश्य मानिन्छ । यसै अविरलता तथा निरन्तरताको मद्दतले उसले धर्तीलाई सफा अनि जमिनको तहमा भएको हानिकारक रसायनलाई हटाएर पानीलाई निरापद बनाउँछ । यो निदको पहिलो जीम्मेवारी मानिन्छ बाढीको पानीले नदीको कछारमा माटोको कटान गर्ने तथा मलिलो माटो जम्मा गर्ने काम गर्दछ । बाँकी माटो समुन्द्रमा जम्मा गरेर डेल्टा बनाउँछ । नदीको अविरल प्रवाह प्रवाहले उसको प्राकृतिक दायित्व पूरा गर्नमा मद्दत गर्दछ यो दोस्रो जिम्मेवारी हो । पानीको प्रवाहले नदीमुनि ढुंटा, गिट्टी गेगर माटो बालुवालाई व्यवस्थित तरीकाले सानो ठूलो क्रममा जम्मा गर्दछ । ढुंगा तथा ठूला कणले बाढीलाई सोस्दा घर नदी जसैजसै अगाडि बन्छ पानी बाहिर आउन थाल्दछ पानी बाहिर आउनाले प्रवाहमा वृद्धि हुन्छ ।
यो नदीको रेत वगरको दायित्व हो पुरै विश्वमा हर साल नदीहरूद्वँरा लगभग ५६० करोड टन फोहर मैला र लगभग २४० करोड टन धुलित रसायन समुन्द्रमा जम्मा गरिन्छ । ब्रह्मपुत्र नदीले प्रतिदिन औसतन १० लाख टन भन्दा बढी फोहर मैला समुन्द्रलाई सुम्पिन्छ । त्यसै गरी सिन्धुले १० लाख टन गंगाले केहीम फोहर मैला समुन्द्रलाई सुम्पिन्छ । हाम्रा आफ्ना नदीहरू के अछुता होलान र वागमती विष्णुमती मनोहरमा प्रत्येक सप्ताहमा गरिने सफाइृ अभियानका क्रममा निस्कने फोहर मैलाले संकेत गर्दछ ।
उल्लेखनीय छ कि केही साल पहिले सम्म नदीहरूद्वारा समुन्द्रमा फोहरमैला जम्मा गर्ने काम बिना कुनै रोकटोक या हस्तक्षेपले गरिन्थियो । कालखण्डका आधारमा समाज र नदीको सम्बन्धलाई दुई भागहरूमा बाड्न सकिन्छ । पहिलो कालखण्ड त्यो हो जब समाजसँग नदीको विकल्प थिएन । दोश्रो कालखण्ड त्यो हो जब समाजसँग नदी द्वारा दिइने सेवाहरूको विकल्प तयार भए ।
भन्न सकिन्छ कि पहिलो कालखण्डमा नदीमाथि समाजको हस्तक्षेप सीमित थियो नदीको पानीको उपयोगको देश पेन्सन पद्धति उपयोगमा ल्याइदिन्थ्यो जसले पानीको सीमित मात्रालाई उपयोग गर्दथ्यो । हिमालयको अधिकांश भागमा धेरै पानी पर्दथ्यो । धेरै बेग्ले तल झर्थो उसले आफूसँग धेरै फोहरमैला ल्याउथ्यो । पहाडमा धेरै बारहमासी खहरे खोला अनि झरना थिए । स्थानीय समाजले भौगोलिक स्थितिलाई ध्यानमा राखेर ग्लेसियर पहाडी खहरेहरू, साना जलधाराहरू र झरनाको पानीको उपयोगको व्यवस्था विकसित गरेका थिए । उनीहरूले साना जलधाराको पनि उपयोग गरे तर नदीमा यी कुनै संरचना बनाएनन् । नदीको पानीको आंशिक उपयोगका कारण मुख्य जलधारामा जलप्रवाह बनी रहन्छ र उसको प्राकृतिक दायित्वमा कुप्रभाव पर्दैन ।
दोस्रो कालखण्डमा स्थानीय रैथाने प्रणाली ठाउँमा अंग्रेजले अपनायपश्चात्य प्रणाली अस्तित्वमा आयो यस परिवर्तका कारण पछिल्लो लगभग २ सय सालदेखि नदी र समाजका सम्बन्धहरूमा स्पष्ट परिवर्तन भएको देखिन्छ । पानीमाथि मेरो सरकारको अधिकार हुनुग¥यो । कमान हाथबाट निकालेर गएको कारण समाजको भूमिका गौण भयो । यस कालखण्डमा सरकार नदीमा विशाल बाँध तटबन्ध बैराज इत्यादि बनाउन थाले ।
अविरलता तथा निरन्तरताका कारण नदीले धर्तीलाई सफा गर्दै जमिनको तहमा भएको हानिकारक रसायनलाई हटाएर पानीलाई निरापद् बनाउँछ
पछिल्लो ५० सालमा नदीको बालुवा मात्र अकल्पनीय रूपमा वृद्धि भएको छ । बालुवा निकासीको अहिलेको तरिकाले बालुवा निकाल्नुको कारण नदीमार्गमा ठाउँठाउँमा खाल्डाखुल्डी बन्दछन् । प्रत्येक साल बाढीको पानीले यिनलाई पुर्दछ । पुरानो व्यवस्था वहाल नहुनाका कारण ढुंगा चट्टान गिट्टी गेगर बालुवा, इत्यादिले प्राकृतिक व्यवस्था खण्डित हुन्छ । जसका कारण नदीको प्रवाह घट्छ तथा बाढीको सम्भावना बढ्छ । अहिलेको युगमा प्रदूषणका कारण गम्भीर समस्या मडारिरहेको छ । यो सही हो कि नदीलाई प्रदूषित गर्नमा समाजको भूमिका अपेक्षाकृत कम छ तर तिनको तल लेखिएको कामले नदीलाई प्रदूषित गर्दै छ । जलाधार क्षेत्रमा रसायनिक खेती, बद्लिदो भू–उपयोग घट्दो वनजंगल जन्य गतिविधि, मूर्तिहरू ताजियालाश र पूजाका सामग्री बिसर्जन तथा अन्य स्थानीय कारण समाजको पहलबाट नै नदीको पानीको गुणस्तरलाई निरापद् बनाउनेछ । निरापद् गुणस्तर, बगर, वनस्पति, निर्भर समाज, बालिनालीहरू असंख्य जीवजन्तुको योगक्षेमलाई सुनिश्चित गर्नेछ । भुजल तथा बगरलाई हानि पु-याउने घटकबाट समाजलाई रक्षा गर्नेछ ।
सरकारले नदीमा सयौं संख्यामा ठूला मझ्यौला साना बाँध, सिँचाइ, जलाशयहरू बनाएको छ । जसको कारण सिँचाइ र विद्युत्सेवा त उपलब्ध भएको छ, बाँधमा जमेको पानी प्रदूषित भएको कारण जीवजन्तु वनस्पतिको जीवनमा जोखिम बढेको छ । गैरतलब यो छ कि बगेर आएको कार्वनिक पर्दाथहरू तथा बाँधका वनस्पति आक्सिजनविहीन वातावरण कुहिनाले मिथेन ग्यास बन्दछ । यसबाहेक सिंचित इलाकामा अनेक समस्या उत्पन्न हुन्छन् । सरकारद्वारा बालुवा निकाल्न अनुमति दिइन्छ । जसमा गहराइको अस्पष्टताका कारण अवैज्ञानिक उत्खननलाई बढावा मिल्छ । जसको कारण नदीको प्राकृतिक व्यवस्था खण्डित हुन्छ । बाढीको खतरा बढ्छ प्रवाह घट्छ र नदी सुक्न थाल्दछ । नदीहरूका प्राकृतिक दायित्वमाथि गहिरिँदो संकटको परिणामले सरकारको सामुन्ने गम्भीर चुनौती छ भन्न सकिन्छ कि बेला रहँदै यदि सरकारले नदीको प्राकृतिक दायित्वको निरापद् बहाली गर्ने प्रयास गरेन भने त्यो दिन टाढा छैन जब स्वच्छ पानी उपलब्ध गराउन साह्रै कठिन हुनेछ ।
मननीय कुरा यो छ कि नदी प्राकृतिक जलचक्रको अभिन्न अंग हो । मानवीय गतिविधिले यसलाई समाप्त गर्न सक्तैन । यसले बाटो बद्लिने छ नयाँ भाग्य लेख्नेछ जुन समाज र सरकारका लागि ठूलो चुनौती हुनेछ । यस सत्यलाई ध्यानमा राखेर सरकार र समाज एकजुट भएर नदीलाई प्राकृतिक जिम्मेवारीलाई पूरा गर्ने अवसर दिनुपर्छ । पर्यावरणीय विकास निरापद् स्थायी र उज्ज्वल भविष्यको सुनिश्चितता मान्न सकिन्छ ।