सागका स्वर्णपदक विजेतालाई पुरस्कार कहिले ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन् । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गरेको पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गरे । सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए