२१औं शताब्दीमा योगको सान्दर्भिकता

विगत आठ वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउने काम भइरहेको छ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौं रोगको उपचार यसबाट सहजै सम्भव भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडांै मानिस लाभाञ्वित भएका छन् ।

वर्तमान अवस्थामा योग विज्ञान जति महत्वपूर्ण सावित भइरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी महत्वपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महत्वपूर्ण हुन जान्छ कि हामीलाई जीवनप्रति जागरूकता एवं यस्तो भाव कायम रहोस् ताकि हामी प्रत्येक प्राणीमा आफंै शरीरको अंश रहेको अनुभूति गर्न सकौं ।

यदि मानवजाति आफ्नो जीवनमा एकात्मकतालाई तथा जीवनको योगलाई सम्झिरहेका छन् त्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्य पनि ठूलो परिवर्तन आउन सक्नेछ । जीवनप्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन, व्यापकतामा कमी ल्याएर मात्रै मानव जातिका सबैखाले समस्याको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ ।

योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तत्व केन्द्रित रहेको हुन्छ । योग भनेको जोड्नु हो । योगले प्रेम, अहिंसा करूणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव आफूमा केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताका निम्ति ठूलो निधि सावित हुन सक्दछ ।

योग हाम्रो विरासत हो । नेपाल एवं भारत दुई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्वको देश अवश्य पनि छन् तर हिन्दु धर्म, संस्कृति, पुराण, वेद, उपनिषद्, देवीदेवता, तीर्थस्थल महान् ऋषिमुनि हाम्रा निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातः स्मरणीय छन् । योग’bout विश्वजगत्लाई अवगत गराउने काम विगतमा पनि नभएका होइनन् तर त्यो साह्रै सीमित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आफ्नो अमेरिका यात्रा दौरान तथा संयुक्त राष्ट्र संघमा योगको महत्व’bout विश्वजगत्लाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्वव्यापी मान्यता हासिल ग¥यो ।

इस्लामिक देशसहित विश्वका झन्डै २ सय देशले अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन् । साउदी अरब र इरान जस्ता कट्टर इस्लामिक देशमा पनि राजकीय स्तरबाट यसको आयोजन गरिरहेका छन् । हाम्रो महान् ऋषिमुनिप्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुनेछ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोग जस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्वजगत्लाई धेरै थोक दिएको छ ।

योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ, मार्सल आर्टका जनक पनि हिन्दु र बौद्ध सन्त नै थिए । हिन्दु संस्कृति जस्तै युनान, मिश्र, अरब एवं अनेकांै संस्कृतिले विश्वजगत्लाई केही न केही अमूल्य निधि प्रदान गरेको छ । शून्य र दशमलवको प्रयोगको थालनी पनि यहींबाट भएको हो ।

योगका सूत्रमा आस्था एवं अन्धविश्वासका निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान संकीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनन्त छन् । हामी सबै एकाई मात्रै हो जबकि अस्तित्व सम्पूर्ण । एकाई हुनु दुःख हो भने अनन्त हुन आनन्द हो । योग एकाईमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोड्नु । पतञ्जली –इशापूर्व १८४–१८५)ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलीभन्दा पनि प्राचीन हो ।

मनुस्य एवं ब्रह्माण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै सुरु भएको हो । विश्वका अनेकांै देशले यसलाई अपनाउने काम गरे तथा यसलाई योगको ठाउँमा योग भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महत्व एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुसी मनाउनुपर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व पनि बढ्नेछ । मीमांसा, न्याय वैदेशिक सांख्य वेदान्त एवं योग भारत वर्षका ७ प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहींबाट भएको हो तर, सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ्य शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । सायद त्यही भएर वैदिक ऋषि काम गर्दा गर्दै सय वर्षसम्म बाँच्ने अभिलाशा गर्दथे ।

योग एउटा यस्तो माध्यम हो जसले धन खर्च नगरिकन व्यक्तिलाई स्वास्थ्य जीवन प्रदान गर्न सक्दछ

२१ जुनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुनेगर्छ । सम्भवतः यिनै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्र संघले गरेको हुन सक्दछ । यसभन्दा अघि सन् २०११ मा भारतको दक्षिणी प्राप्त बेंगलुरुमा विश्वका केही योग गुरुहरूको बैठकमा पनि २१ जुनका दिनलाई योग दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो ।

सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछांै । जबकि यथार्थमा योगको अर्थ त जोड्नु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु ।

जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान् पनि कहलिन्छ । ऊर्जा वृद्धिका निम्ति मात्रै जोडिनु नै पर्याप्त होइन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्दछ । एकआपसमा जोडिनेको दिशा पनि एउटै हुनुपर्छ । जोड्नु त्यतिबेला मात्रै सम्भव हुन सक्दछ जब दुवैको दिशामा एउटा मात्रै रहेको हुन्छ । जोडिएपछि दिशा भिन्दाभिन्दै भयो भने ऊर्जाको क्षण मात्रै हुन्छ ।

योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम बिन्दुसम्म पु¥याउनु हो । यसका निमित योग दिशा तथा जोड्नुको सिद्धान्तलाई सँगसँगै लिएर हिड्ने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनवटै तत्वलाई कुनै एउटा निश्चित बिन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो । ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भइरहेको हुन्छ ।

योगमा मनलाई प्राण (स्वास)सित सामन्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रूपमा बढी प्रबल हुन जान्छ अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुने गर्दछ । जब व्यक्ति यी तीनवटै माथि नियन्त्रण स्थापित गरी यीमध्ये कुनै पनि काममा आफूलाई लगाउनेगर्छ अनि कार्यको गुणस्तर तथा संख्याको दृष्टिमा पनि कैयांै गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धतिसँगको सम्बन्ध पनि हो ।

आम मान्यता यही रही आएको छ कि महर्षि पतञ्जलिले नै आद्युनिक योगको आधार खडा गरेका थिए तर बृहदारण्यक उपनिषद्मा पनि स्वासमाथि नियन्त्रण गर्ने विषयमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आविस्कार गरेका थिए । वर्तमान अवस्थामा विश्वका चिकित्साशास्त्री वर्तमानको जीवनशैलीलाई प्रत्येक रोगको कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो । योगले विश्वव्यापी मान्यता प्राप्त गरेको छ तर यसका निम्ति भारतका प्रधानमन्त्री नरेन्द्रमोदीको योगदानलाई बिर्सन सकिँदैन । योग हाम्रो धरोहर हो र यसमाथि हामीले गर्व गर्न सक्नुपर्छ ।

योगले हामीलाई जीवनप्रति जागरुकता एवं यस्तो सजीव भाव कायम गर्न मद्दत गर्छ कि हामी प्रत्येक प्राणीमा आफैं शरीरको अंश रहेको अनुभूति गर्न सक्छौं

बेरोजगार युवाको निम्ति यो एउटा नयाँ अवसर पनि सावित हुन सक्दछ । कठिन परिश्रम गरेर विदेशमा केही सीमित पैसा कमाउनुभन्दा मानसम्मानसहित काम पाउने गरी काम गर्नुमा केको लाज र संकोच ? योगलाई अन्य धर्मावलम्बीले आत्मसात गरी यसबाट लाभ उठाउन सक्दछन् । भाषा, बोली, पहिरन, पानी, जमिन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभाले आफ्नो प्रस्तावमा भनेको छ’ योग मानव स्वास्थ्य एवं स्वस्थ जीवनशैली’bout समग्र दृष्टिकोण व्यक्त गर्दछ ।

यसबाट हुने लाभको प्रसार विश्वको जनसंख्याका निम्ति कल्याणकारी सावित हुनेछ ।’ संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले पनि योग विचार तथा कर्मको अद्भूत सामन्जस्य भएको तथा स्वास्थ्यका लागि आवश्यक भएको बताएका छन् । मुनले भनेका छन् योगबाट शान्ति एवं विकासमा योगदान मिल्दछ । यसले मानिसलाई तनावमुक्त गर्दछ । उनले सबै सदस्य देशसँग योगको प्रोत्साहनका लागि सहयोग गर्न अनुरोध पनि गरेका छन् ।

विश्वका अनेकौं देश तथा विश्वविद्यालयमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक स्वास्थ, मानसिक तनावबाट बचाउ गर्नुका साथै मानिसक शान्ति प्रदान गर्नमा पनि सक्षम छ । विश्वप्रसिद्ध उमेरिकी वोस्टन विश्व विद्यालयको स्कुल अफ मेडिसिनद्वारा सन् २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् सामान्य हुने तनाव मुक्तिका निम्ति योग निकै प्रभावशाली सावित हुन सक्दछ । ’cause योग सेंटुल नर्भस सिस्टमको आधार मानिएको तन्तुका भेगर्स नर्वलाई प्रचुर मात्रामा ऊर्जा प्रदान गर्दछ । त्यसैगरी हार्वड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्य जन रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ ।

योगले एक किसिमको पश्चिमेली मानसिकताबाट प्रभावित तथा कथित आधुनिक सोचको तीन आयामलाई बदलिदिन्छ जस्तो कि पश्चिमेलीको विचारमा शारीरिक समस्याका समाधान बाहिरबाट हुन्छ भने मान्यता राख्दछ जबकि योगले के सिकाउँछ भने यसको समाधान मुख्यतः शरीरभित्रबाट हुन्छ । हामी संघर्ष गरेर मात्रै सुख शान्ति हासिल गर्न सक्दछांै तर योगका अनुसार प्रकृतिसँग तादात्म्य स्थापित गरेर पनि हामी सुख एवं शान्ति प्राप्त गर्न सक्दछौं । मानसिक व्यवस्था कायम गरी रोग स्वस्थ्य रहनका निम्ति रोगको उपचार गर्नुपर्ने मान्यताविपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोग लाग्न दिनबाट नै धेरै हदसम्म रोक्न सकिन्छ ।

एक किसिमले योग एउटा यस्तो माध्यम हो जसले विना धन खर्च गरिकन व्यक्तिलाई स्वास्थ्य प्रदान गर्न सक्दछ । यो समाजका निर्धनवर्गका निम्ति वरदान सावित हुन सक्दछ । योग गरेर हामी पनि निरोगी बनांै । २१औं शताब्दीमा पनि योगको महत्व तथा सान्दर्भिकता अवश्य पनि छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

कुरी-कुरी