पाठ्यक्रम, मौसमजन्य विपत्ति र पठनपाठन

हाम्रो देश प्राकृतिक प्रकोपका हिसाबले अत्यन्त जोखिम भू–भाग हो । यहाँका हिमाली क्षेत्रमा हिमपहिरोको डर छ । हिमताल फुट्ने जोखिम छ । पहाड भिराला छन् । मानिसले यिनै भिराला ठाउँहरूमा घरवास गरेर बसेको अवस्था छ । हरेक वर्ष वर्षाको समयमा पहिरोले धेरै मानिसको ज्यान जाने गरेको छ । देशमा पहिरोका कारण घरबारविहीन हुनेको संख्या ठूलो छ । यसैगरी हरेक पहाडका फेंदीमा नदीहरू बगेका छन् । नदी किनारमा मानिसले बस्ती बसाएका छन् । वर्षायामको सुरुवातसँगै यी भिराला पहाडमा पहिरो जाने र नदी किनारका बस्तीमा डुबान हुनेगर्छ । यो वर्ष पनि औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्ले यो वर्षामा मात्र लाखौंको संख्यामा मानिसको धनजनको क्षति हुने प्रक्षेपण गरेका छन् ।

त्यसो त प्राकृतिक प्रकोप मानिसका हातमा हुँदैन, भन्ने गरिन्छ । तथापि, यसको नियन्त्रण तथा न्यूनीकरण गर्न भने मानिसले सक्दछ । आजका विकसित देश पनि भूकम्प, हुरी, बतास, बाढीपहिरो, सुनामीलगायतका दैविक विपत्तिबाट बाहिर छैनन् । तर, उनीहरूले उल्लेखित प्राकृतिक विपत्तिबाट बँच्न अधिकतम उपाय अपनाइरहेका छन् । त्यहाँको सरकार जनताप्रति जिम्मेवार हुने भएको र सामाजिक चेतना उच्च रहेकोले क्षतिलाई न्यूनीकरण गरिएको छ । हाम्रो देशको सन्दर्भमा भने एकातिर सरकारकै कमजोर कार्यशैली छ भने अर्कोतिर जन चेतनाको कमीले पनि क्षति भइरहेको छ ।

हाम्रो देशमा लगभग एकतिहाइ जनसंख्या शिक्षाबाट वञ्चित छ । शिक्षतले पनि प्रयाप्त मात्रामा प्राकृतिक प्रकोपका प्रकारहरू, यिनीहरू आइपर्ने कारणहरू, बँच्ने उपायलगालतका विषयवस्तुलाई विद्यालयदेखि उच्चशिक्षाको पाठ्यक्रम एवं पाठयपुस्तकमा समावेस गरिएको छैन । शिक्षित नागरिहमा पनि प्राकृतिक प्रकोप र यसबाट बँच्ने एवं बचाउने विषयमा जानकारी नहुँदा ठूलो क्षति भइरहेको छ ।

समाजलाई स्थायी रूपमा सचेत एवं जागरूक बनाउने माध्यम शिक्षा हो । प्राकृतिक विपत्तिकाका सम्पूर्ण विषयलाई विद्यालयतहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समावेस गरी समाजलाई सचेत बनाउने काम राज्यको हो । अहिले शिक्षाको नयाँ संरचनाअन्तर्गत कक्षा ८ सम्मको आधारभूत शिक्षाको १०० पूर्णांकको पाठ्यक्रम निर्माण गर्ने अधिकार स्थानीय तहलाई सुम्पिएको छ ।

विकसित देशहरू पनि भूकम्प, हुरी, बतास, बाढीपहिरो, सुनामीलगायतका दैविक विपत्तिबाट बाहिर छैनन्

स्थानीय तहले आप्mनो क्षेत्रमा रहेको सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिकलगायतका क्षेत्रलाई समेटेर पाठ्यपुस्तक निर्माण गरी शिक्षण सिकाइ गर्न पाउने अधिकार भएकोले प्रत्येक पालिकाले आआप्mना स्थानीय तहमा बाढीपहिरो, भूक्षय, आगजनी, भूकम्प, सिरेटो, लुलगायतका मौसमजन्य विपद्का विषयलाई स्थानीय पाठ्यक्रममा समावेस गर्नुपर्छ । यसो भएमा विद्यालय शिक्षा आर्जन गरेको शिक्षित पुस्ताले प्राकृतिक प्रकोप, आउने तरिका, बँच्ने र बचाउने उपायका साथै रोगथामका विधि’bout प्रशिक्षित हुन्छ । प्रत्येक घर परिवारमा कमसे कम एक जना व्यक्ति मौसमजन्य विपत्ति’bout जानकार भएमा उसले र अन्य घर, परिवार वा छरछिमेकमा सिकाउन सक्दछ । बुझाउन सक्दछ । बचाउन सक्दछ । यसर्थ राज्यले मौसमजन्य विपदको विषयवस्तुलाई विद्यालय शिक्षाकाको पाठ्यपुस्तकमा समावेश गर्न बिलम्व गर्नुहुँदैन ।

समाजमा विभिन्न प्राकृतिक विपद् आइपरेपछि यसको क्षति बेहोर्नुको साथै भविष्यमा सुरक्षित जीवन जिउनका लागि मनोवैज्ञानिक रूपमा तयार हुनु आवश्यक हुन्छ । यसका लागि आत्मबलको खाँचो पर्दछ । सामाजिक मनोविज्ञानको सकारात्मक चिन्तन विपद व्यवस्थापनको अत्यन्त्यै महत्वपूर्ण पाटो हो । त्यसैले समाजका हरेक व्यक्तिमा प्राकृतिक प्रकोपबाट बँच्न सकिने उपायको प्रयाप्त ज्ञान आवश्यक ठानिन्छ । यस सन्दर्भमा प्राकृतिक प्रकोप बाढी, पहिरो, भूक्षय, आगजनी, नदीकटान, भूकम्प, हिमपात, सिरेटो, लुलगायतका विपद्को जानकारी, पूर्वतयारीका साथै घटनापश्चात अपनाउनुपर्ने उपायबाट समाजलाई सचेत बनाउन देशको शिक्षा प्रणालीले प्रभावकारी काम गर्नुपर्छ ।

समाज प्रकृतिजन्य समस्यामा प्रशिक्षित हुन सकेमा उनीहरूले जोखिमयुक्त ठाउँहरूमा बस्ती बसाउँदैनन् । भिरपाखा तथा नदी किनारमा रूख विरुवा लाउने कार्यले बाढी, पहिरोबाट बँच्न सकिन्छ भन्ने ज्ञान भएपछि आप्mना गाउँठाउँको जीवनलाई सुरक्षित बनाउने उपायको खोजी जनता आफंैले गर्दछन् । पहिरो जाने ठाउँमा वृक्षरोपण गरेर न्यूनीकरण गर्न सक्दछन् । जोखिमयुक्त ठाउँहरूमा बस्ती बसाउँदैनन् । आप्mनो धनजनको सुरक्षा आफंै गर्दछन् ।

सरकारले मौसमजन्य विपत्तिका हिसाबले जोखिम ठाउँलाई रेडजोन घोषणा गर्नुपर्छ । नदी किनारमा तटबन्ध गर्ने, वृक्षरोपण गर्ने र ढुंगा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोत र साधनको दोहन नगर्ने नीति बनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । देशभरिका हरेक कुना, कन्दरा, भिरपाखा, नदी किनारका बस्ती’bout सरकारलाई ज्ञान नहुन सक्दछ । यसका लागि विज्ञको थिंकट्यांक बनाई भौगोलिक बनोट र मौसमजन्य विपत्तिसम्बन्धी अध्ययन गर्नुपर्छ । थिंकट्यांकको अध्ययनले देखाएको तथ्यांकका आधारमा अल्पकालीन रूपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी जनतालाई सचेत बनाउने काम गर्नुपर्छ । र दीर्घकालीन रूपमा औपचारिक शैक्षिक प्रणालीको माध्यमबाट मौसमजन्य आपत्, आउने कारण, निराकरण वा न्यूनीकरणका उपायसम्बन्धी विषयवस्तुलाई शिक्षण सिकाइको माध्यम बनाउनुपर्छ ।

भौगालिक बनोटअनुसार मौसमजन्य विपत्तिका रूपहरू फरक फरक हुन्छन् । हरेक बर्ष वर्षायाममा तराइको भूमी डुबानमा पर्नेगर्छ । बस्तीहरू जलमग्न हुन्छन् । डुबानले गर्दा बर्सेनि धेरै नागरिकले ज्यान गुमाउनुपरेको छ । उर्वर जमिन बगर बनेका छन् । यसैगरी तराईमा जाडोयाममा सिरेटोले कठ्यांग्रिएर ज्यान गुमाउनुपरेका घटना पनि छन् । गर्मीमा डढेलोमा परेर कतिको मृत्यु हुने गरेको छ । यसका साथै आँधीवेरी, तातो हावा (लु) आदि इतयादि प्रकृतिजन्य घटनाबाट ठूलो धनजनको क्षति भइरहेको छ । यस सन्दर्भमा तराईका स्थानीय तहले उल्लेखित क्षेत्रबाट सुरक्षित रहन सक्ने विषयलाई स्थानीय पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेस गर्न आवश्यक ठानिन्छ ।

विपद्जन्य विषयवस्तुलाई दीर्घकालीन रूपमा विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेस गरी शिक्षण सिकाइको माध्यम बनाउनुपर्छ

राज्यले प्रकृतिजन्य विपत्तिका जोखिमयुक्त ठाउँमा कानुनी रूपले नै बस्ती विकास गर्न दिनुहुँदैन । यी ठाउँहरूलाई बस्ती बस्न निषेधित क्षेत्र घोषणा गर्नु पर्दछ । यदि यस्ता ठाउँहरूमा बस्तीहरू छन्भने यिनीहरूलाई अन्यत्र सुरक्षित ठाउँहरूमा व्यबस्था गरिदिनु पर्दछ । अहिले स्थानीय पालिकाले बाटाहरू बनाउने क्रममा पहाडी क्षेत्रमा इन्जिनियरिङबिना नै डोजर लगाउने गरेका छन् । वैज्ञानिक अध्ययनबिना नै स्काभेटर चलाउनाले पहाडी भूभाग कमजोर भएका छन् । जसका कारण वर्षामा ठूलाठूला पहिराहरू जाने गरेका छन् । यस्तो कार्यशैली १५औं पञ्चवर्षीय योजनाको दिगो विकासको उद्देश्य र रणनीतिविपरीत छ । तसर्थ, सरकारले हिमाल, पहाड र तराई क्षेत्रमा आइपर्ने मौसमजन्य विपत्तिको रोगथामका लागि विज्ञको विचार एवं विज्ञतालाई उपयोग गर्ने नीति लिनुपर्छ ।

नेपाल भूकम्पको अत्यन्तै जोखिम क्षेत्रमा पर्दछ । भूकम्प जुन बेला जहाँ पनि आउन सक्ने दैविक प्रकोप हो । यो मानव निर्मित प्रकोप होइन । परन्तु, यसबाट बँच्न सकिने ज्ञान र विधि भनेका छन् । २०७२ सालमा आएको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । वैज्ञानिकले नेपाली समाजमा भूकम्प’bout जनचेतनाको अभाव भएको कारण ठूलो क्षति भएको विचार राखेका थिए । तसर्थ, राज्यले भूकम्पको भू–गर्भीय संरचना, भूकम्प आउने कारण, भूकम्प अगाडि र आइसकेपछि अपनाउनुपर्ने सुरक्षा विधि, यसबाट हुन सक्ने भौतिक क्षति र मनोवैज्ञानिक असर, व्यवस्थापन, आपसी सहयोगको आवश्यकतालगायतका संचनात्मक एवं व्यावहारिक ज्ञानका विषयवस्तुलाई विद्यालयतहदेखि नै पाठ्यक्रम एवं पाठ्यपुस्तक समावेस गरी सिकाइको माध्यम बनाउनुपर्छ ।

जापान अत्यन्त भूकम्पको जोखिमयुक्त देश हो । हरेक दिन जस्तो भूकम्प आइरहने जापानमा राज्यले आप्mना नागरिकलाई भूकम्पसम्बन्धी प्रयाप्त शिक्षा दिएकोले उनीहरू क्षतिबाट सुरक्षित हुन सफल भएका छन् । भूकम्प मानिसले रोक्न नसक्ने प्राकृतिक विपद् भए तापनि नागरिकमा यसबाट बँच्न सकिने उपायहरूको ज्ञान भएमा क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा जापानबाट सिक्न सकिन्छ ।

अन्त्यमा हावा, पानी, माटो, वन, जंगल हाम्रा आधारभूत आधार हुन् । यिनीहरूको राम्रो व्यवस्थापन गर्न नसके मानिसको जीवन खतरामा पर्न सक्दछ । त्यसैले यिनीहरूको संरक्षण गर्न अति जरूरी हुन्छ । यसको लागि राज्यले शिक्षाको माध्यमबाट राष्ट्रव्यापी रूपमा नागरिकलाई सचेत बनाउन आवश्यक हुन्छ । यसो गर्दा हरेक स्थानीय तहमा अल्पकालीन रूपमा दिगो विकासको महत्व, भूसंरक्षण, वृक्षरोपण, नदी तटबन्ध, पहिरो रोकथामलगायत मौसमजन्य विपत्तिसम्बन्धी तालिम सञ्चालन गर्नुपर्छ । र, दीर्घकालीन रूपमा उल्लेखित विषयवस्तुलाई विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेस गरी शिक्षण सिकाइको माध्यम बनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निगमलाई कसले पल्टाउँदै छ टाट ?

कुरी-कुरी