इंग्ल्याण्डद्वारा क्लिन स्विप

लन्डन । नेदरल्याण्ड्सविरुद्धको तीन खेलको एक दिवसीय शृंखला इंग्ल्याण्डले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको शानदार जित निकाल्दै पाहुना टोली इंग्ल्याण्डले शृंखला ३–० ले जितेको हो । २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३१ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको थियो ।

इंग्ल्याण्डका ज्यासन रोयले अविजित १०१ रन जोडे । त्यस्तै कप्तान जोश बट्लर ८६ रनमा नटआउट हुँदा पिल साल्टले ४९ रन बनाए । नेदरल्याण्ड्सका पाउल भान मिकिरेनले दुबै विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४ बल अगावै २४४ रनमा अलआउट भयो । उसका लागि कप्तान स्कट स्टुवार्डसले ६४, बास डी लिडेले ५६ तथा म्याक्स डोडले ५० रन बनाए ।

इंग्ल्याण्डका डेविड वेलीले ४ विकेट लिए । इंग्ल्याण्डले पहिलो खेल २३२ रनले र दोस्रो खेल ६ विकेटले जितेको थियो । इंग्ल्याण्डका ज्यासन रोय म्यान अफ द म्याच अनि जोश बट्लर म्यान अफ द सिरिज चुनिए ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भूपी शेरचनबारे छोरीको संस्मरण बजारमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी