पाँचसय पर्यटक बोकेको रेल जनकपुरधाम आइपुग्यो

जनकपुरधाम । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । ५ सय पर्यटक साथ आएको सो रेललाई जनकपुरधाम रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ । स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन, वन मन्त्री शत्रुधन महतो रेल्वे स्टेशन पुगेका थिए ।

भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको रेल रामायण सर्किटमा सञ्चालन भइरहेको छ । उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोडिएको छ । यसले जनकपुरधामको पर्यटनलाई बढाउने काम भएको मधेश प्रदेशका उद्योग, पर्यटन र वन मन्त्री शत्रुधन महतोले वताए ।

नेपालमा भारतबाट कति पर्यटक आउँछन यसको यकिन तथ्यांक नराखिएपनि जनकपुरधाममा विभिन्न उत्सवको नाममा ५ लाख भन्दा बढी पर्यटक आउने गरेको स्थानीयवासीहरु बताउँछन । तर, जो आउँछन एक दुई दिनमै फर्किने गरेका छन् । भारतीयमध्ये धार्मिक पर्यटकको संख्या बढी छ । धार्मिक रूपमा आउने पर्यटकको बसाइँ र खर्च पनि कम हुन्छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले नेपालका अन्य स्थलमा घुमाउने योजना ल्यायो भने पर्यटन क्षेत्रमा क्रान्ती आउने वताए ।

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देखाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई रेल, स्थलर्मा र हवाइ मार्ग तिनटै तर्फबाट ल्याउने वातावरण बनाउनु पर्छ वताए ।

भरतीय पर्यटकहरुले सीता माताको माइतीमा भव्य स्वागत भएको वताए । जनकपुरधाम पुग्ने बितिकै पर्यटकहरुले भुमीलाई चरणस्पर्श गरेका थिए । भारतीय पर्यटकहरुले पनि आफू जनकपुरधाम आएपछि धन्य भएको वताए ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निगमलाई कसले पल्टाउँदै छ टाट ?

कुरी-कुरी