एसईईका विद्यार्थीका लागि काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस हुने

भक्तपुर । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश तथा मनोरञ्जन गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलकी मार्केटिङ एण्ड एडमिसन चिफ आरती आचार्यले बताइन् ।

कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा हुनेछ । कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थी सहभागी हुने आशा गरिएको छ ।

कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ ।

भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधा-आधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ ।

कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारीसहित मनोरञ्जनको कार्यक्रम तय गरिएको छ । कार्यक्रमको क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन (डिजिटल आर्ट, थ्रिडी आर्ट एण्ड पेन्टिंग) हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु