उदयपुरको जिसस प्रमुखमा नेकपा एस निर्वाचित, उपप्रमुखमा काग्रेसका गिरी

उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका गौरबहादुर बिश्वकर्मा निर्बाचित भएका छन । कूल १६ मतदाता मध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका ईन्द्रराज कार्कीले ५ मत पाए ।

आठ स्थानीय तह रहेको गठबन्धन तर्फ नेपाली कांग्रेसका ७, माओवादीका ३ र नेकपा एसका १ मतदाता रहेका थिए भने एमालेका ५ मतदाता थिए । समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धन तर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा माओवादी केन्द्रका त्रियुगा नगरपालिका– १६ का गोमा काकी, उदयपुरगढी गाउँपालिका– ८ बाट बिन्दाकुमारी बिश्वकर्मा र नेपाली काग्रेसबाट चौदण्डीगढी नगरपालिका– ६ बेल्टारका मन्जुकुमारी परियार निर्बाचित भएका छन् ।

त्यसैगरी दलित तथा अल्पसंख्यक सदस्यबाट नेकपा माओवादी केन्द्रका बेलका नगरपालिका– ८ का पदकुमार राई निर्बाचित भएको मुख्या निर्बाचन अधिकृतको कार्यालयले जनाएका छन । त्यसैगरी सदसस्यहरुमा नेकपा माओवादी केन्द्रका कटारी नगरपालिका– ८ का ईन्द्रबहादुर थापा, नेपाली काग्रेसका कटारी नगरपालिका– २ का बिष्णु कटुवाल, नेपाली काग्रेसकै लिम्चुङबुङ गाउँपालिका– २ का भिमचन्द्र राई निर्बाचित भएको जनाएका छन् ।

निर्बाचित सबैले समान ११–११ मत प्राप्त गरेका छन् । गठबन्धन दलहरु बीच नेकपा एसले समन्वय प्रमुख र नेपाली काग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो । गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्माले बिहिवार नै सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । एमालेका कार्की त्रियुगा नगरपालिका– ८ का हुन भने निर्बाचित नेकपा एकिकृत समाजवादीका बिक उदयपुरगढी गाउँपालिका– ७ चिया कमानका हुन् ।

यस्तै उप–प्रमुखमा गठबन्धनबाट निर्बाचित नेपाली काँग्रेसका तेजप्रसाद गिरी ताप्ली गाउँपालिका– ५ रुपाटारका हुन । जिल्ला समन्वय समितिको निर्वाचनमा १६ मत मध्ये गठबन्धनमा ११ र एमालेले ५ मत पाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी