जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली कांग्रेसका राम अयोध्या राय यादव निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति रौतहटमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारहरू विजयी भएका छन् ।

जिसस प्रमुख पदमा यादवले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै प्राप्त गर्न सके । उपप्रमुखमा नेकपा एसका उम्मेदवार महेश बैठाको पक्षमा २६ मत र उनका प्रतिद्वन्द्वी एमालेका प्रमिला देवको पक्षमा ५ मत प्राप्त भए । यस्तै, सदस्यहरूमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलालप्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरणदेवी साह निर्वाचित भएकी छन् । दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जनामध्ये नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र गरेर २४ जना पक्षमा रहेका थिए । गत १० गते उम्मेदवारी दर्ता गराएपछि गठबन्धनको विजय सुनिश्चित थियो तर औपचारिक रूपमा विजयी घोषणा हुन मात्रै बाँकी रहेको थियो । गठबन्धनबाट नेका प्रमुखसहित ५ पद, नेकपा एस उपप्रमुखसहित ३ पद र नेकपा माओवादी केन्द्र १ पदमा तालमेल गरेर निर्वाचनमा गएको थियो । यसअघि पनि जिसस प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार विजयी भएका थिए । सो समयमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य