शैक्षिक मेलामा विज्ञान र व्यवस्थापनमा विद्यार्थीको आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा गत असार १० गतेदेखि सञ्चालन भएको शिक्षा मेलामा विज्ञान र व्यवस्थापन विषयमा विद्यार्थीको बढी आकर्षण देखियो । आज १३ गते सोमबारसम्म सञ्चालन हुने उक्त शैक्षिक मेला कान्तिपुर मिडिया प्रा.लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेकाे हाे ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित शैक्षिक मेलामा राजधानीका कलेजहरुको सहभागिता थियो । मेलामा उपस्थित विद्यार्थीहरुलाई आकर्षित गर्न आ–आफ्नो कलेजको विशेषता’bout परामर्श गरिएको पाइयाे ।

मेलाको आकर्षकण रहेको जेभियर इन्टरनेशनल कलेजका प्राचार्य दिपेन दाहालले विद्यार्थीको रोजाइ विज्ञान र व्यवस्थापन विषय रहेको बताए । जेभियर इन्टरनेशनल कलेज नै किन भन्ने जिज्ञासामा प्राचार्य दाहालले भने, ‘जेभियरको शैक्षिक यात्रादेखि आजसम्म प्राप्त सफलता नै हो । यस वर्ष जेभियर इन्टरनेशनल कलेजबाट ४६ जनाले इन्जिनियरिङ र ४३ जना विद्यार्थीहरुले एमबीबीएसको इन्ट्रान्समा नाम निकाल्न सफल भए ।’

प्राचार्य दाहालले ए–लेभलमा वल्र्ड टप र यस वर्ष कम्युटर र गणितमा नेपाल टप गर्न सफल विद्यार्थी जेभियर इन्टरनेशनल कलेजले उत्पादन गर्न सफल भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित