आईजीपी बढुवाविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनवाइ १९ गते आइतबारलाई तोकिएको छ । यो तेस्रो पटक सरेको हो । यसभन्दा अघि जेठ ३० गते र असार ५ गते हेर्दाहेर्दैमा राखेको हो ।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ भने आज सरकारको तर्फबाट सहन्यायधीवक्ता सोमाकान्त भण्डारी, खेमराज ज्ञवाली, सञ्जिव रेग्मी, हरीदत्त जोशी, महान्यायाधिवक्ता खम्बबहादुर खाती, नायव महान्यायधिवक्ता कृष्णजीवी घिमिरेले वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका थिए ।

महान्यायाधिवक्ता खम्ब खातीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउन सरकारलाई स्वविवेकीय अधिकार रहेको बताएका थिए । उनले प्रहरी नियमावलीको दफा ४१ मा रहेका आधारहरूलाई हेरेर सरकारलाई उपयुक्त लागेमा आईजीपी बनाउन सक्ने बहसका क्रममा बताए ।

आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १८ गते दायर गरेकाे रिटको अन्तिम सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुँडालको इजालासमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी