जमिन भासिने समस्या समाधान गर

मनसुन सुरु भएसँगै पोखरा उपत्यकामा सडक भासिन थालेपछि थप समस्या सिर्जना हुन गएको छ । त्यसो त पोखरा उपत्यकामा जमिन भासिने प्रक्रिया आजै मात्र देखापरेको पनि होइन । घरभित्र खाल्डो पर्ने, सडक किनारामा चिरा तथा दरार देखापर्ने, जमिन भासिने र धुले पहिरो जाने प्रक्रिया लामो समयदेखि देखा पर्दै आएको हो । यो समस्या पोखरा उपत्यकामा बढी मात्रामा देखिए पनि यसले अन्य उपत्यका र स्थानमा पनि समस्या निम्त्याइरहेको छ । भारी वर्षा हुन थालेसँगै यस्तो देखिनु स्वभाविकै पनि हो । बढ्दो सहरीकरण, पक्की घर निर्माण, पिच गरेका सडक, ढल निकासमा लापरबाही, पानी ढलोमा छेकवार र जथाभाबी घरटहरा निर्माणका कारण जमिन भासिने भएको हो । पानीको स्वाभाविक बहाव रोकिएपछि यसको सघन संकलनले ठूलो चाप पैदा गर्ने गर्दछ । निकास नपाउँदा सहर डुब्ने र घर ढल्ने समस्या पनि निम्तन सक्छ । नेपालको भौगोलिक धरातल सापेक्षतामा केही भिरालो हुन गएकाले पनि त्यति धेरै क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना हुन गइरहेको छैन ।

तर, अनावश्यक घर निर्माण र पानी बग्नका लागि कुनै पनि स्थानमा निकास नदिँदा पानीले स्वाभाविक रूपमा आफैंले जबर्जस्त निकास बनाउन बाध्य हुन्छ । पानीको चाप र बहावले यो निकास जमिनको सतहमाथि र सतहमुनि दुवैतिर बनाउन पुग्छ । यसले गर्दा पनि पोखरा उपत्यका र काठमाडौं उपत्यका जमिन भासिने समस्याको उच्च जोखिममा छन् । अर्को कुरा काठमाडौं र पोखरा उपत्यका दुवैको भौगर्भिक बनोट निकै कमजोर छ । ठूला संरचना निर्माण र दीर्घकालीन भौतिक पूर्वाधार निर्माणका हिसाबले यी ठाउँहरू कमजोर मात्र होइन, अनुपयुक्त पनि छन् । किनकि, यी दुवै उपत्यकाको जमिनका आधार बलौटे र पाँगो माटो रहेको छ । बलौटे र पाँगो माटो पानीको बहावसँगै हेलिएर बग्ने प्रकृतिको कमजोर भूसतह हो । यसले आफैंमा ससाना भूकम्प तथा प्रतिकम्पन धान्न र थेग्न सक्ने हैसियत पनि राख्दैन । यस्तो सतह त पानीको बहाव वा भूकम्पनसँगै रेलिएर बग्न थाल्छ । किनकि, यसमा चट्टानी गुण पाइँदैन । त्यसैले पनि पोखरा उपत्यकामा यसपालिको सघन मनसुनी वर्षासँगै जमिन भासिएर जाने प्रक्रिया बढेर गएको छ ।

भौगर्भिक बनोटको अध्ययनन गरिनु, अव्यवस्थित र जथाभाबी तरिकाले सहर बसाइनु, पानीको ढल तथा निकास थुनेर घरटहरा निर्माण गरिनु तथा दैनिक सवारीको चाप र कम्पनले जमिन कमजोर र अलगथलग हुँदै जानुका कारणले पोखराको जमिन भासिँदै जान थालेको हो । कम्पन र थर्कोमा परका जमिनका पानी परेमा र त्यसमाथि पानीको चाप र बहाव बढेमा त्यहाँ स्वतः चिरा, दरार र पहिरो जानुका साथै भासिएर सहरका खण्ड पुरिने पनि हुन सक्छ । मनसुन सुरु भइसकेको अवस्थामा अबका दिनमा भौगर्भिक अध्ययनले तत्काल काम नदेला, वा यो तात्कालिक निकास हुन नसक्ला पनि । तर, यस वर्ष हुने भनिएको अधिक वर्षाका कारण हुन जाने क्षति न्यूनीकरणप्रति सरकार, सरकारी निकाय, स्थानीय जनता र संघ÷संस्था बेलैमा सतर्क भने बक्नुपर्छ । यसका लागि बढी पानी जम्नसक्ने स्थानमा मोर्टर राखेर पानी तानेर पाइपबाट निकास दिने, कुलो र ढलको बुझिए÷टालिएका निकास हटाउने र निर्वाध पानी प्रवाह हुन सक्ने बनाउनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी