पत्रकारमाथी दुर्व्यवहार गरेकाेमा आपत्ती

दैलेख । चोर पक्राउ गर्न भन्दै बर्दीमै नेपाल प्रवेश गरेका भारतीय प्रहरीको समाचार संकलन गर्न पुगेका दुई पत्रकार माथि दुव्र्यवहार भएको छ । ईमेज टेलिभिजन दैलेखका संवाददाता नविन कुमार शर्मा र रेडियो नेपाल दैलेखका जिल्ला संवाददाता भिम सिजापतिमाथी मंगलबार जिल्ला प्रहरी कार्यलय परिसरमा दुव्र्यवहार भएको हो ।

दैलेखमा भारतीय पोशाकका प्रहरीहरु देखिएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा समाचार संकलनका लागि जिप्रका जान लाग्दा प्रहरी जवान एसपि चौधरीले भित्र जाने अनुमति नभएको भन्दै रोकेका थिए ।

भारतीय प्रहरी र जिल्ला कार्यालय बिच छलफल भईरहेको बेला समाचार संकलनका लागि कार्यालय भित्र प्रवेशको अनुमति लिन जाँदा प्रहरी जवान एसपी चौधरीले दुव्र्यवहार गरेको पत्रकारले दुखेसो पोखे । प्रहरी निरिक्षक नैनबहादुर साउदले प्रवेश निषेधको आदेश नदिएको स्वयं प्रहरी जवानको कामले आफु समेतलाई दुखी बनाएको धारणा राखे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले आपत्ति जनाउँदै प्रेस विज्ञप्ती जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि