चट्याङ लागेर दुइजनाको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र सोही नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर ज्यान जाने श्रेष्ठ खेतमा आलि हाल्दै गरेका थिए भने अर्कि मृतक सारदा धान रोपिरहेको बेला चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी